महासमिति निर्वाचनमा राजनीतिक ह्यारेसमेन्ट गरियो : पाण्डे

पाेखरा ।
आइतबार कांग्रेसले ३ वटै क्षेत्रबाट निर्विरोध महासमिति चयन गरेपछि कांग्रेस नेतृ लक्ष्मी पाण्डेले एकलौटी रुपमा सदस्य चयन गरिएको आरोप लगाएकी छन् । पाण्डेले आइतबार फेस्बुकमा स्टाटस लेख्दै उम्मेदवारको भावना र मर्म विपरित समिति चयन गरिएको उल्लेख गरेकी छन् ।
नेतृ पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ‘कुनैपनि मुल्य मान्यता मापदण्ड नबनाई जातिय सन्तुलन, भेगिय सन्तुलन केहि नमिलाई सिनियर र भोटको प्याटर्न लाई पनि मिचेर एक्लौटी निर्णय लाद्ने किसिमले महासमिति सदस्य निर्वाचन गर्न लागेको आभास भए पछि हामीलाई चित्त नबुझी महासमिति सदस्य निर्वाचनमा वैैधानिक रुपमा निर्वाचन समितिको तालिका बमोजिम तोकिएको समयमा तोकिएको शुल्क (निर्वाचन समितीले तोकेको ७,००० र क्षेत्रले तोकेको २०,०००रूपैयाँ पनि फिर्ता नलिएको ) तिरी उम्मेदवारको लागि मनोनयन दर्ता गरेको व्यहोरा जानकारी गराउन चाहान्छु !’ पाण्डे नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा खस आर्यबाट केन्द्रीय सदस्यकी उम्मेदवार थिइन् । तर उनी कुनै प्यानलमा थिइन् । निर्वाचित हुन नसकेपनि उनी पराजीत मध्ये सर्वाधिक मत ल्याउनेमा परेकी थिइन् ।
मनोनयन दर्ता भएको र फिर्ता नलिएको अवस्थामा सर्वसम्मत निर्णयकोे सूचना टाँस्नु गलत भएको उनको भनाई छ । यस निर्णय विरुद्ध न्यायिक निरुपणका लागि जान सक्ने उनले बताएकी छन् ।








पोखरामा सय शय्याको जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
हुँदीभन्ज्याङ मन्दिरका दाता सम्मानित
लेखनाथ डोजो च्याम्पियन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया