वन्यजन्तु पीडित मुस्ताङका पशुपालकलाई एक्यापले दियो राहत
सरक्षणक्षेत्र भित्र हिमचितुवा र मावन बिचको द्धन्दले स्थानीय चिन्तित

जोमसोम—
हिमाली जिल्ला मुस्ताङका वन्यजन्तु पीडित पशुपालकलाई आर्थिक सहयोग स्वरुप राहत वितरण गरिएको छ ।राष्ट्रिय प्रकृति सरक्षण कोष अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना ईलाका सरक्षण कार्यालय ( एक्याप ) जोमसोमले घरफझोङ र थासाङ गाउपालिकाका वन्यजन्तु पीडित पशुपालकलाई सोमबार आर्थिक राहत वितरण गरेको हो ।
मुस्ताङको थासाङ—३ धम्पुका रेशम बहादुर पुर्जा मगरलाई असोज १२ गते भेडा बाख्रा चराउन नजिकैको लेंकमा जाँदा हिमाली भालुको आक्रमणमा परी घाईते भएकी थिईन् ।थासाङ—३ कुञ्जोकी रविना मगर असोज ८ गते घरबाट दही बिक्री गर्न जाने क्रममा हिमाली भालुको आक्रमणमा परेकी थिईन ।
मुस्ताङको घरपझोङ—४ जोमसोमका पशुपालक मनोज बहादुर विश्वकर्माको मंसिर ७ गते गोठमा भएको ७ वटा च्याग्रा माथि हिमचितुवाले आक्रमण गरी क्षति तुल्याएको थियो ।यस्तै,घरपझोङ—४ जोमसोमका पशुपालक ङिमा सम्टु गुरुङको मंसिर ७ गते गोठमा भएको २ वटा च्यांग्रा हिमचितुवाले क्षति बनाएको थियो ।
एक्याप जोमसोमका अनुसार वन्यजन्तुको आक्रमणबाट पीडित बनेका थासाङ —३ धम्पुका रेशमबहादुर पुर्जा मगरलाई २३ हजार ४ सय,थासाङ—४ झिप्रा देउरालीकी रविना थापालाई १८ हजार २ सय,घरपझोङ—४ जोमसोमका मनोज बहादुर बिश्वकर्मालाई ३६ हजार ६ सय र घरपझोङ—४ जोमसोमका ङिमा सम्टु गुरुङलाई १४ हजार वितरण गरिएको जनाईएको छ ।एक्याप जोमसिोमले मुस्ताङका सहायक प्रजिअ रामचन्द्र ढकाल,एक्याप प्रमुख ऋषि बराल,डिभिजन बन अधिकृत बशन्त केशव अधिकारी,पत्रकार महासंघ मुस्ताङ शाखा र सुरक्षा निकायको रोहबरमा राहत हस्तान्तरण गरेको हो ।
अन्नपूर्ण सरक्षणक्षेत्र एरिया भित्रका वन्यजन्तु पीडित पशुपालकलाई बर्सेनी एक्यापले आर्थिक सहयोग स्वरुप राहत बितरण गर्ने गरेको छ ।नेपाल सरकारको वन्यजन्तु क्षति निर्देशिका २०६९ को दोश्रो संशोधन २०७४ अन्तर्गतको व्यवस्था कार्यान्वयन गर्दै एक्यापले पीडित पशुपालकलाई राहत सहयोग दिने व्यवस्था गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख ऋषि बरालले जानकारी दिए ।उनका अनुसार सरकारको वन्यजन्तु निर्देशिका बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाईत भएका व्यक्तिाई २० हजार,गम्भिर घाईते ब्यक्तिलाई २ लाख र वन्यजन्तुको आक्रमणमा परी मृत्यु हुने परिवारलाई १० लाखसम्म राहत दिने ब्यवस्था गरिएको छ ।
यस्तै, कुनै पशुपालकको वन्यजन्तुको आक्रमणबाट पशुचौपाया क्षति भएमा निर्देशिका बमोजिम वन्यजन्तु राहत निर्देशिका सिफारिस समितिको मूल्याङ्कनबाट राहत अनुदान दिने व्यवस्था गरिएको एक्याप जोमसोमका प्रमुख ऋषि बरालले जानकारी दिए । क्षति भएका पशु चौपायाको प्रचलित मुल्य निर्धारण गरी भेटनरी तथा पशु सेवा कार्यालयले समितिलाई पेश गर्ने गर्छ ।
मुस्ताङमा वन्यजन्तुको आक्रमणमा क्षति व्यहोर्न बाध्य स्थानीय पशुपालकलाई सहानुभुती स्वरुप एक्यापले राहत गर्ने गरेको छ । मुस्ताङको थासाङ क्षेत्रमा हिमाली भालुले किसानले लगाएको अन्नबाली सखाप पारिदिदा स्थानीय किसान समस्यामा पर्दैआईरहेका छन् । घरपझोङमा हिमचितुवा गोठमै पसेर पशुपालक किसानको पशु चौपायामा क्षति पू¥याउने गरेको छ ।
सरक्षणक्षेत्र भित्र हिमचितुवा र मावन बिचको द्धन्दले स्थानीय चिन्तित छन् ।हिमचितुवा र हिमाली भालुको क्षति नियन्त्रण तथा व्यवस्थापनमा आवश्यक उपकरण तथा सावधानी अपनाउन नसक्दा बर्सेनि पशुपालक किसान मर्कामा पर्ने गरेको थासाङका पशुपालक बुद्धिसिंह नेपालीले जानकारी दिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया