डा. पौडेलले बुकिङ गरे जिप र्याङ्लर, ५ जनाबाट जिप कम्पास पनि बुकिङ

पोखरा ।
जिप ब्रान्डका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले पोखरामा बुधबार सोरुमको सुरुआत गर्दाकै दिन ५ वटा जिप कम्पास बुकिङ भएको छ । सञ्जीव बास्तोला, अम्बिका श्रेष्ठ, पृथ्वीकल्याण पराजुली, मोहन भण्डारी र गणेश कार्कीले जिप कम्पास बुकिङ गरेका हुन् । डा बद्री पौडेलले जिप र्याङ्लर बुकिङ गरेका छन् ।
पोखराको उत्तम चोकमा दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रेटेल आउटलेट ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ गर्ने प्रिमियम अटो ग्रुपका संस्थापक सन्तोष बास्तोलाले बताए । सोरुमको उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड पोखरा ल्याएकोमा बधाई दिए । कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापाले पोखराको सडकमा पनि देखिन थालेको र यसको भविष्यमा राम्रो भएको बताए ।
कार्यक्रममा लाइफका सिइओ अनिश लामिछानेले चार वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जिप सोरुमको अपेक्षा उल्लेख गरे । प्रिमियम अटो ग्रुपका संस्थापक मध्येका एक दर्शन लामाले ग्राहकलाई निकै विश्वास गरेको अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपिरियन्स दिन पाउँदा उत्साहित भएकाे सुनाए ।
अर्का संस्थापक शिव सिग्देलका अनुसार जिपले आफ्नो बान्डको देशभर बिक्री तथा बिक्रीपछिको ग्राहकको ख्याललाई मध्यनजर गरिने ५ । ‘जिपले यसै आर्थिक वर्षमा चार अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गर्छ । जसले भौगोलिक क्षेत्र र कस्टमर बेस कभर गर्नेछ,’ उनले भने । सोरुम ३ सय ६५ दिन नै खुला रहने बास्तोलाले सुनाए । कोभिड महामारीको बेलामा पनि जिपले ‘इम्प्रेसिभ ग्रोथ गरेकाले पछिल्लो समय जिप ग्राहकको रोजाइमा परेको उनले बताए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया