लेखनाथ महोत्सवमा ३ सय स्टल

लेखनाथ ।
कोभिडका कारण यसअघि स्थगित भएकोे लेखनाथ महोत्सव फागुन २६ देखि चैत ७ गतेसम्म हुने भएको छ । पोखरा २७ को डाँडाकोनाकमा हुने महोत्सवमा करिब ३ सय स्टल रहने छन् ।
सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्वस २०७६ पछि हुन सकेको छैन । यस वर्ष माघ १३ मा गर्ने तय गरिएकोमा कोभिडका कारण स्थगित भएको थियो । आयोजक लेखनाथ उद्योग वाणिज्य संघले १७ औं संस्करणको महोत्सवबारे बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
उद्योग, व्यवसाय तथा स्थानीय उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष छत्रधर आत्रेयले बताए । महोत्सवमा १ करोड ५ लाख आम्दानी हुने र ९० लाख रूपैयाँ खर्च भई १५ लाख रूपैयाँ बचत हुने अपेक्षा गरिएको प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका द्वितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोलाले जानकारी दिए । कोभिडका कारण थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव कोसेढुंगा साबित हुने उनले विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष रामप्रसाद तिमिल्सेनाले आयातीत वस्तुका अलवा कृषिमा आधारित उत्पादनलाई प्राथमिकता दिँदै आर्थिक क्रियाकलाप गर्नुपर्नेमा जोड दिए ।
महोत्सव सञ्चालनका लागि ८ सदस्यीय निर्देशक समिति,४१ सदस्यीय सल्लाहकार समिति र १ सय ९२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । कार्यक्रममा संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) र वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले पनि बोलेका थिए ।
महोत्सवको मुख्य प्रायोजक नेपाल इको प्यानलले गरेको छ । प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले देशैभरि दिगो निर्माण सामाग्रीको प्रयोगलाई बढावा दिन प्रायोजन गरेको बताए । ईंटाको विकल्पमा प्रयोग हुने इको प्यानललाई देशैभरी पु¥याउने उद्देश्यका साथ आफूहरु सहभागी भएको उनी सुनाउँंछन् ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना, गण्डकी प्रदेश पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पोखरा महानगरपालिका कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा महोत्सव गर्न लागिएको हो ।
महोत्सवमा राष्ट्रिय वाणिज्य बैंकको सहप्रायोजन रहनेछ । महोत्सवको मुख्य उद्देश्य कोभिड १९ को कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाई यस क्षेत्रको आर्थिक गतिविधि बढाउने रहेको महासचिव उपेन्द्रराज सुवेदी राजुले बताए ।
साहित्यिक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी, जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी महोत्सवमा हुनेछन् ।
जातजातिको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा, महिला समूहको झाँकी ¥याली तथा भेषभूषा प्रदर्शनी, ख्याती प्राप्त हास्य व्यंग्य कलाकारको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाको इच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्सर्ट लगायतका कार्यक्रम पनि महोत्सवमा समावेश गरिएको छ ।
महोत्सवलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि ८ सदस्यीय निर्देशक समिति, ४१ सदस्यीय महोत्सव सल्लाहकार समिति, १ सय ९२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । मेला करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब १० करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सवको बचतवाट प्रदर्शनी स्थल र संघको भवनको स्तर उन्नती, औद्योगिक क्षेत्र निर्माणका लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, लेखनाथ उद्योग वाणिज्य संघको रजत वर्षको सन्दर्भमा बेगनासताल परिसरमा एक उत्कृष्ट स्तरको डिस्प्ले बोर्ड निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने जनाइएको छ ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया