कृष्णदास महाराजको आशीर्वादले जीवन सकारात्मक

समाधान संवाददाता २०७५ चैत ८ गते १२:००
hubu'? dxfof]uL l;4afaf 8f >L a}i0fj s[i0fbf;hL dxf/fhsf] oxL r}t ( ut] kf]v/fdf ul/g] gful/s clegGbgsf] af/]df laxLaf/ kqsf/ ;Dd]ngdfkm{t hfgsf/L lbFb} clegGbg d"n ;df/f]x ;ldltsf ;+of]hs z'qm/fh zdf{ . t:jL/ M s[i0f bjf8L, sf:sL, /f;;

समाधान संवाददाता, पाेखरा

आद्य जगद्गुरु रामानन्दाचार्य पद विभूषित महायोगी सिद्धबाबा श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराजलाई पोखरामा गरिने नागरिक अभिनन्दनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।

नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक शुक्रराज शर्माले उक्त जारी दिए । पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले ३ करोड नेपालीको कल्याणमा सिद्धबाबाले योगदान गरेको पनि बताए ।

Advertisement

शर्माले कृष्णदास महाराजबाट आशीर्वाद दिलाएर मानवीय जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्‍याउने उद्देश्यबाट अभिनन्दन गर्न लागिएको बताए । ‘हामी जोजो उहाँको सानिध्यमा छौं, सबैमा सकारात्मक सोच र व्यवहार छ,’ शर्माले भने, ‘जीवनमा परिवर्तन आएको छ ।’ कृष्णदास महाराजले व्यक्ति, समाज, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिको उत्थान एवं पाशुपत सिद्ध महायोगको माध्यमबाट जनजीवनमा योगदान पु¥याएको भन्दै उनलाई नागरिक अभिनन्दन गर्न लागिएको पनि शर्माले प्रष्ट पारे ।

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको व्यवस्थापनमा चैत ९ गते शनिबार पोखरामा गण्डकी प्रदेश स्तरीय कार्यक्रम गरी कृष्णदास महाराजलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

Advertisement

संयोजक शर्माले साधकबाट प्राप्त हुने सहयोगबाट नै कार्यक्रम खर्च जुटाइएको बताए । नागरिक अभिनन्दनअघि कृष्णदास महाराजलाई बाजागाजा र धार्मिक झाँकीसहित रथयात्रा गरी पोखराका विभिन्न ठाउँ परिक्रमा गराइने छ ।

नारायणस्थान मन्दिरमा पूजाअर्चनापछि सुरु हुने रथयात्रा महेन्द्रपुल, चिप्लेढुङ्गा, सभागृहचोक, पृथ्वीचोक हुदै प्रदर्शनी केन्द्र पुग्ने छ । प्रदर्शनी केन्द्रमा उनको नागरिक अभिनन्दन गरिने प्रचार प्रसार संयोजक नवीन सिग्देलले जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवर, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, विन्ध्यवासिनी मन्दिरका पिठाधीश्वर श्री १००८ स्वामी निशेषान्नद महाराजजी, सेना, प्रहरी, आमा समूह, धार्मिक तथा सामाजिक संघसंस्थाको सहभागिता रहने छ । पत्रकार सम्मेलनमा नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुली, सचिव धर्मराज बराल (भोला) र मूल समारोह समितिका सहसंयोजक रामचन्द्र पौडेलले बोलेका थिए ।

तपाईको प्रतिक्रिया