धर्म, संस्कृति नभुलौंः खगराज अधिकारी

समाधान संवाददाता २०७५ चैत ८ गते १२:०३

समाधान संवाददाता
पोखरा

प्रतिनिधिसभा सदस्य एवं पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले मानिसले आफ्नो धर्मसंस्कृति बिर्सन नहुने बताएका छन् । चिउली पाचे तमु समाजको आयोजनामा बुधबारदेखि सुरु श्रीमद्भागवत् महापुराण ज्ञानमहायज्ञ २०७५ को दोस्रो दिन बिहीबार यज्ञमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

यज्ञमा पूर्व मन्त्री अधिकारीले १० हजार रुपैयाँ दान गरेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सभासद् मीन गुरुङले महायज्ञको सफलताको कामना गर्दै आफू र पत्नी रमाकुमारीको नाउँबाट १० हजार रुपैयाँ दान दिए ।

Advertisement

महायज्ञमा बिहीबार पोखरा ११ माछापुच्छे« टोल निवासी समाजका उपाध्यक्ष बलबहादुर गुरुङले १ लाख ३ हजार रुपैयाँ दान गरे । महायज्ञ चैत १२ गतेसम्म चल्नेछ । महायज्ञका प्रमुख वाचक भागवताचार्य युवासन्त रोहितराज महाराज (गुरुङ) छन् । संगीतमय शैलीमा प्रवचन दिएका उनले बिहीबार विशेषगरी बुद्धधर्म र कलियुगको बारेमा प्रकाश पारेको महायज्ञ सल्लाहकार मोती गिरीले बताए । कार्यक्रम सञ्चालन महायज्ञ सल्लाहकार मोती गिरी र सञ्चारकर्मी देवीजंग गुरुङले संयुक्त रुपमा गरेका छन् ।

शुक्रबार समाजका सदस्य एवं महायज्ञ सल्लाहकार भूपू ब्रिटिस आर्मीका डब्लुओटु समाजसेवी गमबहादुर गुरुङको प्रमुख आतिथ्य रहने महायज्ञ मूलआयोजक समिति संयोजक कर्णेल कमानसिंह गुरुङले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया