भारतीय सेनाका लेफ्टिनेन्ट जनरल मुस्ताङमा
समाधान संवाददाता
२०७८ फागुन १६ गते १२:३३

जोमसोम ।
नेपाल भ्रमणमा रहेका भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणन आइतबार बिहान मुस्ताङ आइपुगेका छन् । नेपाली सेनाको सैनिक हेलिकोप्टरमार्फत मुस्ताङ आएका उनले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् ।
नेपाली सेनाको समन्वयमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणन अनौपचारिक भ्रमणको शिलशिलामा बिहान करिब ९ बजे मुक्तिनाथ पुगेका थिए । उनले त्यहाँ करिब डेढ घण्टा मुक्तिनाथ दर्शन गरी काठमाडौं फर्किएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जनरल पीएन अनन्थनारायणन मुक्तिनाथ पुग्दा सुरक्षा निगरानीमा कडाई गरिएको थियो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत मुक्तिनाथको दर्शन गरेका थिए । मुक्तिनाथ मन्दिर हिन्दू तथा बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थल हो।
सम्बन्धित








बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया