८२ जना बाट ८२ युनिट रगत संकलन

समाधान संवाददाता
पोखरा
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की क्षेत्रीय रक्त संचार केन्द्रको आव्हानमा पोखरा १० मा बिहीबार रक्तदान आयोजना भएको छ । ‘रक्तदान जीवन दान, जीवन दान महादान’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखा लगायत रामबजारका संघ, संस्थाको आयोजनामा भएको रक्तदानमा ८२ जनाले रगत दान गरे ।
पोखरा १० का वडा सदस्य प्रतिभा विक पोखरेलले हेनरी ड्युनाको तस्विरमा माल्यार्पणपछि वीरबहादुर भूजेल लाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान आरम्भ गरेकी थिइन् । उनले रामबजार क्षेत्रका संघ, संस्था मिली जीवन मरणको दोसाँधमा परेको बिरामीलाई जोगाउने काम गर्नु सराहनीय भएको बताइन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक महेन्द्र केसी, सुजन लामिछाने र मन्जु मौरातीले सहयोग गरेका थिए ।
कार्यक्रममा पोखरा १० का वडा सदस्य दीपकबहादुर थापा, ज्येष्ठ नागरिक मिलन केन्द्र रामबजारका अध्यक्ष क्या. थमानसिंह थापा, नेपाल रेडक्रस सोसाइटी पोखरा १० का बिशिष्ट सदस्य टुकाराम लामिछाने, कृष्ण मन्दिर सञ्चालक समिति अध्यक्ष ज्ञानबहादुर थापा, राम मन्दिर सञ्चालक समितिका अध्यक्ष पदमबहादुर गुरुङ, रामबजार युथ क्लबका कोषाध्यक्ष अर्जु आले, कालिका मन्दिर परिसर आमा समूह अध्यक्ष माया केसी र राममन्दिर माछापुच्छ्रे महिला समूह अध्यक्ष माया गुरुङ भुजेल लगायतले बोलेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया