८६ वर्षका मेखबहादुरकाे बोल्ने रहर

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिका वडा नं १३ का मेखबहादुर गुरुङ उमेरले ८६ वर्ष पुग्नुभयो तर सिक्ने मन बुढो हुँदैन भन्दै तालिममा सहभागी भए । जुरेभुमे तप्रे तमु समाजको आयोजना तथा महिला उद्यमी पवित्रा गुरुङको आर्थिक सहयोगमा सञ्चालित उद्घोषण तथा नेतृत्व विकाससम्बन्धी ५ दिने तालिममा सहभागी उनले समापन समारोहमा सिक्ने कुरा बाँचुञ्जेल कहिल्यै पूरा नहुने भन्दै तालिमले बोल्ने कलाबारे धेरै कुरा सिकाएको बताए । उनीजस्तै अन्य सहभागी पनि तालिमबाट धेरै कुरा सिकेको भन्दै बोल्न पनि कला चाहिने रहेछ भन्ने आफ्नो अनुभव सुनाइन् ।
तालिमको समापन समारोहमा बोल्दै गण्डकी प्रदेशका सदस्य एवं हङकङ ब्युटी इन्स्टिच्युटका सञ्चालक मीना गुरुङ जीवन नै सिकाइको प्रक्रिया भएको बताइन् ।
बोल्ने कुराले आत्मविश्वास जगाउने भन्दै सामाजिक क्षेत्रमा मात्रै नभई घरपरिवार एवं समाजमा पनि बोल्ने कलाको आवश्यकता औंल्याइन् ।
मादी गाउँपालिका वडा न ६ का वडा अध्यक्ष पसबहादुर बास्तोलाले परिवर्तित समाजमा बोल्ने कला पनि अपरिहार्य बन्दै गएको धारणा राखे । ‘तालिमले आत्मविश्वास बढाउँछ र आफ्नो अधिकारप्रति सजक गराउँछ ।’ उनले युवा सामाजिक रुपान्तरणबाट अघि बढ्नुपर्ने बताए ।
महिला उद्यमी एवं समाजसेवी पवित्रादेवी गुरुङले आफ्नो समुदायको युवाहरु एवं महिला अझै पनि नेतृत्व विकासको अभावमा सामाजिक क्षेत्रमा क्रियाशील हुन नसकेको सुनाइन् । उनीहरुको सशक्तीकरणका लागि तालिमको आयोजना गरेको भन्दै तालिमपछि सहभागीमा आत्मविश्वास बढेको र निर्धक्क साथ कार्यक्रम सञ्चालनदेखि भाषण गर्न सक्षम भएको देख्दा खुसी लागेको बताइन् ।
कार्यक्रममा भद्रकाली उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष तारा बराल, कामना मार्ग आमा समुहका अध्यक्ष योमाया गुरुङ, समाजका अध्यक्ष अमर गुरुङ, युवा समितिका अध्यक्ष हितमान गुरुङले सिकाइ अभ्यासबाट मात्र पोख्न भइने भन्दै सिक्न सधै उत्सुक हुन सहभागीलाई आग्रह गरे ।
तालिमका सहभागीहरु बुद्धमाया गुरुङ, अलिन गुरुङ, रोशन गुरुङ, मोहनप्रसाद गुरुङ लगायतले सिकाइको अनुभव राख्दै बोल्ने कुरा सामान्य मानिए पनि विधि र प्रक्रियाबाट बोलिएको कुराले अर्थ राख्ने र कार्यक्रम सञ्चालनको सैद्धान्तिक र व्यवहारिक कुरा सिक्न पाएको अनुभव राखे ।
उक्त तालिमको पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सञ्चारिका समूह गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष जमुना वर्षा शर्माले सहजीकरण गरेकी थिइन् । तालिममा ४० जनाको सहभागिता थियो ।








इन्फर्मेटिक्स कलेजका १८३ विद्यार्थी दीक्षित, मनिष धमलालाई ‘इनोभेट नेपाल’को विशेष छात्रवृत्ति
गण्डकी विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान, १५ दिनभित्र आवेदन दिनुपर्ने
एमाले नेतृत्वका लागि आज मतदान : ओली र पोखरेल भिड्दै, ८० वटा मेसिनबाट भोटिङ
एमाले अनुशासन आयोगमा भरतराज पहारी र लेखामा कँडेल निर्विरोध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया