किन प्रसिद्ध छ मुस्ताङको पवित्र कागबेनीमा ?यस्तो छ ,पौराणिक कथा

समाधान संवाददाता २०७८ फागुन २० गते १२:०७
फोटो क्याप्सन ः हिन्दुहरुको पवित्र धार्मिक स्थल कागबेनी धाम । तस्विर ःसुन्दरकुमार थकाली

जोमसोम—
पितृ उद्दारका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाम प्रसिद्ध धार्मिक स्थलको रुपमा लिने गरिन्छ । यहा बर्सेनि बडा दशै सोह्र श्राद्ध र चैते दशै औसीमा श्रद्धालु भक्तजनहरुको ठुलो भीड लाग्ने गर्छ । यहाँका बर्सेनि हजारौ भक्तजनले दिवंगत पितृको नाम श्राद्ध र तर्पण दिने गर्छन ।


दामोदरकुण्ड नदी मिश्रण भएर आएको कालिगण्डकी र मुक्तिनाथबाट मिश्रण भएर आएको नदीको संगम स्थललाई कागबेनी धाम भनिन्छ । कालिगण्डकी र मुक्ति गण्डकी मिश्रण भएको स्थानलाई कालिगण्डकी नाम दिईएको हो ।

Advertisement


परापूर्व कालामा भुसेण्डे ऋषिले मनाङको तिलिचोमा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरुको नाममा तर्पण पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्दारका लागि श्राद्ध,तर्पण ,पिण्ड आदी दिने चलनको सुरुआत भएको हिन्दु शास्त्रमा उल्लेख भएको कागबेनीका वडासचिव यज्ञप्रसाद शर्मा गौतमले उल्लेख गरे ।


यस्तै,कागबेनीधामको महत्वको बारेमा मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीको भनाई यो भन्दा फरक छ ।उनका अनुसार परापूर्व कालमा कागबेनी धाम आसपास ठुलो सरोवर थियो । त्यही सरोवरमा एकदिन दुई वटा कागहरु कुण्डमा खसेर मरे ।कुण्डमा खसेर मरेका दुई वटा कागहरु तत्काल चमत्कारिक रुपमा हंसको रुपमा हास भई प्रकट भएकाले कागबेनीधामलाई हंस तिर्थ समेत भन्ने गरिएको हो ।भगवानको दैवी शक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध ,पिण्ड र तर्पण दिनाले पितृ उद्दार हुने धार्मिक किवंदन्ती रहेको पुजारी सुवेदीको भनाई छ ।‘ठुला नदीको संगम स्थललाई बेनी भनिन्छ,उनले भने कागबाट हंस रुप धारण गरेकाले यस स्थानलाई कागबेनी भनीएको हो ।’

Advertisement


नेपालकै ठुलो पवित्र धार्मिक श्राद्ध तथा पिण्ड स्थल कागबेनीधाममा पितृको नाम तर्पण दिन ७७ वटै जिल्लामा सर्वसाधरण मानिस कागबेनी धाम पुग्ने गर्छन । यहाँ पितृको नाममा श्राद्ध तथा पिण्ड दिनाले मोक्ष प्राप्ती हुने र पितृ उद्दार हुने हिन्दु शास्त्रहरुमा उल्लेख छ । कागबेनी धाममा श्राद्ध गर्न आउने तिर्थालुहरु यहाँ पितृ उद्दारका विभिन्न कर्म गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन् । यहाँ चैतै दशै औशी र बडा दशैको सोह्र श्राद्ध औसीमा तिर्थालुहरुले कागबेनीका डेढ दर्जन बढी होटलहरु भरीभराउ हुन्छन् ।


मुस्ताङको कागबेनीमा अवस्थित कागबेनी धाम धार्मिक रुपमा चर्चित धार्मिक स्थल भएपनि सरकारले यस ठाउँको विकासमा उस्तो ध्यान दिन सकिरहेको छैन । कागबेनीमा तिर्थालुले पुजापाठ गर्ने,स्नान गर्ने, आवासका लागि सुविधाजनक धर्मशाला र सवारी पार्किङ नहुँदा तिर्थालुहरुलाई निकै समस्या पर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया