गण्डकीका मुख्यमन्त्री मधेस भ्रमणमा निस्किए

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शनिबार मधेस प्रदेशको भ्रमणमा निस्किएका छन् । प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले फागुन २१ गतेदेखि २३ गतेसम्म गर्न लागेको भ्रमणको कार्यक्रमलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबहादुर रावत प्रदेशमा भ्रमण गर्न आउँदा मुख्यमन्त्रीलाई मधेस भ्रमणको निम्तो दिएका थिए । भ्रमणको निम्तोलाई स्वीकार गरेर मुख्यमन्त्रीसहितको टोली गएको हो ।
मुख्यमन्त्रीसँग अर्थमन्त्री रामजी बराल, पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल, सरकारी अधिकारीहरु पर्यटन व्यवसायी पनि छन् । असोज ६ गते मुख्यमन्त्री लालबाबु रावत पोखराको ३ दिने भ्रमणमा आएका थिए । त्यसै बेला उनले मुख्यमन्त्री रावतलाई भ्रमणको निम्तो दिएका थिए । दुई प्रदेशबीचको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मुख्यमन्त्री नेतृत्वको टोली तीन दिने भ्रमणका गरेको थियो ।
मुख्यमन्त्री पोखरेलको भ्रमणका क्रममा दुबै प्रदेशबीचको सहकार्य र पर्यटन प्रवद्र्धनका विषयमा छलफलसमेत गरिने मुखयमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जनाएका छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया