जसपा केन्द्रीय नेता र पूर्व सांसदसहित ४ सय जना एमाले प्रवेश गर्दै

पोखरा ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित ४ सय जना नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्ने भएका छन् । जसपाका ९ जना केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भातृसंगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्यहरु गरी ४ सयजना मंगलबार एमाले प्रवेश गर्ने कार्यक्रम छ ।
उनीहरुलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराउँदै स्वागत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । सिर्जनाचोकको साइमन पार्टी प्यालेसमा बिहान १० गते पार्टी प्रवेश कार्यक्रम राखिएको छ ।
सुवेदी र नेपालीसहित संविधान सभा सदस्य कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, पार्टीको केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की तथा पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा, पर्वतका जिल्ला अध्यक्ष नवीन पुन लगायत एमाले प्रवेश गर्न लागेका हुन् ।
‘सुखी नेपाली समृद्धि नेपाल बनाउन एमालेको विकल्प देखिएन,’ देवी सुवेदीले भने, ‘राष्ट्रियताको रक्षा गर्न पनि एमाले नै अघि देखियो ।’ उनले सबल र सक्षम नेतृत्व केपी ओलीमा मात्रै देखिएको पनि बताए । एमालेमा प्रवेश गर्ने अभियान आफूहरुले पोखरामा मात्रै नभई देशैभरि चलाइराखिएको सुवेदीले सुनाए ।








बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया