११ पत्रकार पुरस्कृत

पोखरा ।
प्रेस चौतारी नेपालको महाधिवेशन उद्घाटन समारोहमा ११ जना पत्रकार पुरस्कृत भएका छन् । अग्निशिखा पत्रकारिता पुरस्कार २०७८ बाट झलक सुवेदी पुरस्कृत भए । २०७७ को सोही पुरस्कार कृष्णविनोद लम्साल पुरस्कृत भए ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरे । चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ पुरस्कृत भइन् ।
अन्नपूर्ण मिडिया नेटवर्कका सुदूरपश्चिम ब्युरोप्रमुख शिवराज भट्ट पदमालक्ष्मी सावित्री स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत भए । चौतारीको नवौं महाधिवेशनको अवसरमा शुक्रबार भट्टलाई पुरस्कृत गरिएको हो । २०७७ सालको सोही पुरस्कार कान्तिपुरका अब्दुलाह मियालाई प्रदान गरियो ।
हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार २०७७ बाट प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल तथा २०७८ बाट अर्का पूर्वअध्यक्ष गगन विष्ट सम्मानित भए । डेकेन्द्र थापा पत्रकारिता पुरस्कार २०७७ सागर पण्डित र २०७८ हीरा परियारलाई प्रदान गरियो । वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार २०७७ बाट केपी गौतम र २०७८ बाट अनुप तिवारी पुरस्कृत भए ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया