आमा समूहबीच हाजिरीजवाफ

पोखरा ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकाले पालिकास्तरीय अन्तर आमा समूह हाजिरीजवाफ प्रतियोगिता भएको छ । महिलाको क्षमता अभिवृद्धिका लागि हाजिरीजवाफ भन्ने लक्ष्यका साथ आयोजित प्रतियोगितामा दिगो आमा समूह प्रथम, भीरकोट आमा समूह द्वितीय, भित्रीगाउँ हातेमालो आमा समूह तृतीय र नवदुर्गा आमा समूह सान्त्वना भए ।
२१ टिमको सहभागिता रहेको प्रतियोगिताका विजयी टिमले क्रमश १० हजार, ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । सहभागी सबै टिमले २ हजार पाएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले प्रतियोगताका विजयी टिमलाई नगद पुरस्कार वितरण गरिन् । उनले महिलाले प्राप्त हक अधिकारको उपयोगमार्पmत निर्णायक तहमा पुग्नुपर्ने बताइन् । संवैधानिक अधिकार मागेर होइन, खोसेर लिनुपर्ने उल्लेख गर्दै शर्माले त्यसका लागि सम्पूर्ण महिला शक्ति एकतावद्ध भएर समृद्धिको अभियानमा जोडिनु पर्ने आवश्यकता औंल्याइन् ।
गाउँपालिकाका उपाध्यक्ष लालसुव्वा गुरुङले ५ बर्षको अवधिमा पालिकाको खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, कृषि लगायतका बिभिन्न क्षेत्रको विकासमा जोड दिँदै आएको जानकारी दिइन् । कार्यक्रममा रुपा वडा नं. १ का वडाध्यक्ष दीपककुमार आले र २ का कार्यवाहक वडाध्यक्ष तीता रुपाखेतीले पनि बोलेका थिए ।







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया