स्थानीय तहकाे निर्वाचन तालिका
वैशाख ११ र १२ गते उम्मेवारी दर्ता, १६ गते अन्तिम नामावली प्रकाशन
समाधान संवाददाता
२०७८ चैत ४ गते १६:२९

पाेखरा ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले आज पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।
उम्मेदवारी दिने विरुद्ध उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखसम्मकाे समय दिइएकाे छ । बैशाख १५ गते उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।
निर्बाचन आयाेग श्राेतका अनुसार उम्मेदवारले नाम फिर्ता लिनका लागि १६ गते समय दिइनेछ ।र १६ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ । १७ गते उम्मेदवारले चुनाव चिन्ह पाउने छन् ।
३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेखि मौन अवधि लागू हुनेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया