नेकपा एसका श्रीनाथ बराल पनि पोखराको मेयरका आकांक्षी

समाधान संवाददाता
पोखरा ।
नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेशका उपाध्यक्ष श्रीनाथ बरालले पोखरा महानगरपालिकाको मेयरमा आकांक्ष राखेका छन् । स्थानीय चुनाव नजिकिँदै गर्दा उनी मेयरका लागि बलियो दाबेदारका रुपमा प्रस्तुत भएका छन् ।
माधव नेपाल नेतृत्वको पार्टीबाट कास्की अध्यक्ष धनराज आचार्य मेयरका अर्का आकांक्षी छन् । नेकपा एस अहिले कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा सामेल छ । देशका ६ वटा महानगरपालिकामध्ये नेकपा एसले एउटाको प्रमुख पाउँदा पोखरा उसको भागमा पर्ने दाबी सो पार्टीको छ । सो पार्टीबाट मेयरमा आचार्यले दाबेदारी प्रस्तुत गर्दा बरालसमेत आकांक्षी बनेका हु् ।
जिल्ला विकास समिति कास्कीको अन्तिम कार्यकालमा उपसभापति रहेका बरालले २०३६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका हुन् । २०४१ सालदेखि पूर्णकालीन कार्यकर्ता बनेका बराल २०४६ सालको जनआन्दोलनमा गण्डकी अञ्चलमा बाममोर्चाका सदस्य थिए । उनी सामाजिक, शैक्षिकका अलवा विकास निर्माणको क्षेत्रमा सक्रियतापूर्वक लागेका छन् ।
२०४४ सालमा पञ्चायत कालका कार्यकर्ताले साथीहरुलाई अपहरण गरेको विरुद्धमा पृथ्वीनारायण क्याम्पसमा १३ दिन आमरण अनसन बसेका बराल पञ्चायत कालमा नजरबन्दमा परेका थिए । २०५९ माघ १९ को शाही घोषणा तथा तत्कालीन राजा ज्ञानेन्द्रले गरेको स्थानीय निर्वाचन बहिस्कार आन्दोलनको क्रममा गिरफ्तारीमा परेका बराल नेकपाको कार्यकालमा केन्द्रीय सदस्य तथा कास्की सहईन्चार्ज थिए ।
२०७४ सालको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकामा १ लाख २५ हजार ९ सय ३२ मत खसेको थियो । जुन कुल मतदाताको ७४ दशमलव ९३ प्रतिशत हो । २०७४ मा पोखरामा १ लाख ६८ हजार, ६७ मतदाता थिए । २०७४ सालको स्थानीय निर्वाचन बेलाको भन्दा अहिले पोखरामा ३९ हजार ६ सय ३८ जना मतदाता बढेका छन् । निर्वाचन कार्यालय पोखराका अनुसार पोखरा महानगरमा २ लाख ७ हजार ५ जना मतदाता पुगेका छन् ।








बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया