कुवामा डुबी तनहुँमा थापाको मृत्यु
समाधान संवाददाता
२०७८ चैत ५ गते १६:४४

पोखरा ।
कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । तनहुँ भिमाद नगरपालिका वडा नम्बर ३ माझकोट पिपल भन्ज्याङ बस्ने यमकुमारी थापाको कुवामा डुबेर मृत्य भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी यूवराज खड्काले बताए । ४६ वर्षीय कुमारी पानी लिन घरबाट निस्केकी थिइन् ।
घरबाट पश्चिम तर्फ रहेको कुवामा पानी लिन गएकी उनी डुवेको अवस्थामा फेला परेपछि श्रीमान केयरसिंह थापाले प्रहरीलाई खबर गरेको खड्काले जानकारी दिए । डिएसपी खड्काका अनुसार मृत शरिरलाई भिमाद स्वास्थ्य चौकीमा राखिएको छ । ‘घटना कसरी घट्यो प्रहरीको अनुसन्धान जारी छ । कुवामा पानी लिन गएकी उनी मृत भेटिएपछि उनका श्रीमानले प्रहरीलाई खबर गरेका थिए,’ डिएसपी खड्काले भने ।
सम्बन्धित








पोखरा महोत्सव पुस २९ गतेदेखि हुने
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया