आफ्नै बलमा चुनाव लड्ने कुरा प्राथमिकता : प्रचण्ड

पोखरा ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशैभर सकारात्मक जनमत बन्दै गएको बताए। उनले अरू पार्टी गठबन्धनका लागि माओवादीसँग आउनुपर्ने दाबी गरेका छन्। प्रेस सेन्टर गण्डकीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा दाहालले १ महिनापछि अरू पार्टी आफूहरूसँग आउने दाबी गरेका हुन्।
अध्यक्ष दाहालले आफ्नै बलमा चुनाव लड्ने कुरालाई प्राथमिकता दिँदै गठबन्धन पनि गर्ने बताएका छन्। उनले पार्टीको संस्थापन र मूल नेतृत्व गठबन्धन गरेर जाने कुरामा प्रष्ट रहेको उल्लेख गरे।
अध्यक्ष दाहालले ठूलो राजनीतिक दुर्घटनामा जाने हो कि भन्ने स्थिति देखापरेपछि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने उपाय निकालिएको सुनाए। ’अमेरिकाले पनि सिद्धान्तत स्वीकारेको छ,’ उनले भने, ’त्यो भएन भने फेरि राष्ट्रिय स्वाधीनताका लागि संघर्ष गर्न सकिन्छ।’
देश निर्वाचनतिर गइसकेको उनले बताए। ’६४ सालमा पनि हामीले चुनाव जित्छौं भनेर कसैले भन्या थिएन, तर जनताले देखाइए, अहिले पनि हामी पहिलो पार्टी बन्ने स्थिति छ,’ उनले भने, ’माओवादी नै हो शान्ति, लोकतन्त्रको संवाहक भन्ने रियलाइजेसजन जताततै भएको छ।’








बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया