पोखराका चोकहरुमा फोहोर थुप्रिएकोमा कास्की कांग्रेसको ध्यानाकर्षण

समाधान संवाददाता २०७८ चैत ६ गते १८:२७

पोखरा ।
पोखराका चोकचोक र गल्लीगल्लीमा थुपारिएका फोहरका डंगुरहरुप्रति नेपाली कांग्रेस कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फोहोरमैलाको डंगुरहरुलाई तत्काल व्यवस्थापन गर्न महानगर नेतृत्वलाई कांग्रेस कास्कीले सचेत समेत गराएको छ ।

Advertisement


विश्वकै प्राकृतिक मनोरम दृष्टिले उत्कृष्ट सहरको रुपमा परिचित पोखरा र यसको अनुपम सुन्दरतालाई चुनौती दिँदै पोखरा महानगर पालिकाको वर्तमान नेतृत्व सहरभित्रको फोहोर मैला व्यवस्थापनमा उदासीन बन्दै गइरहेको कास्की कांग्रेसका सचिव भानु ढकालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।


‘स्मार्ट सिटीको झुठा चुनावी नारा दिएर जनतालाई दिग्भ्रमित पारी नेतृत्व हत्याएको वर्तमान नेतृत्वले आफ्नो ५ वर्षे कार्यकालमा आमपोखरेली जनताले अनुभूति गर्ने खालको कुनै पनि दीर्घकालीन महत्वका विषयका परियोजनाहरु सम्पन्न गर्न सकेन, सुशासन दिन सकेन,’ विज्ञप्तिमा भनिएको छ, ‘आमजनताको नजरमा केवल कम्युनिस्टको भर्ती केन्द्र तथा भ्रष्टाचारको अखडाको रुपमा दुर्भाग्यवश महानगर स्थापित हुन पुग्यो ।’


आम जनताको स्वास्थ्यसमा जोडिएको फोहोर मैला व्यवस्थापनलाई बेवास्ता गरिएको भन्दै कांग्रेसले निन्दा र भर्त्सनासहित फोहोर मैलाको व्यवस्थापन गर्न माग गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया