पोखरा लेकसाइडबाट हत्या गरेर फरार पक्राउ
समाधान संवाददाता
२०७८ चैत ११ गते ९:३८

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले हत्या गरेर फरार रहेका १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्ल्याक ब्वाई ग्रुपका दीपक विक भनेर चिनिने शिरिष विश्वकर्मा छन् ।
पर्वतको मोदी ८ चित्र बस्ने २५ वर्षीय उनी घटनापछि भारत लगायतका ठाउँमा गएर लुकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए । उनले २०६९ कात्तिक २५ गते नेसनल स्कुलमा कक्षा १० मा पढ्ने मिथुन विकको हत्या गरेका थिए ।
छोराका योजनाबद्ध हत्या भएको भन्दै मिथुनको परिवारले २२ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो । विश्वकर्मालाई प्रहरीले चैत ९ गते पक्राउ गरेको होे । दीपक विरुद्ध फौजदारी अपराध संहिता २०७४ को परिच्छेद १२ मा भएको ज्यानसम्बन्धी कसुरसम्बन्धी मुद्दा दर्ता भएको छ ।
सम्बन्धित








फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया