रुपामा एमाले पार्टी कार्यालय उद्घाटन र पार्टी प्रवेश

समाधान संवाददाता २०७८ चैत ११ गते २०:५०

पोखरा ।
नेकपा एमाले रुपा गाउँपालिकाको कार्यालय स्थापना भएको छ । उक्त गाउँपालिकाका सबै ७ वटामा पनि पार्टी कार्यालय स्थापना गरिएको एमाले कास्कीका उपसचिव समेत रहेका गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

Advertisement


पार्टी कार्यालयहरुको उदघाटनसमेत भएको छ । त्यसअवसरमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकाहरुलाई उपसचिव ओझाले स्वागत गरे । नेकपा एमाले रुपा गापा कमिटीको अभियान अनतर्गत सवै वडामा वडा कार्यलय खोली आज नेकपा एमाले का कास्कीका उपसचिव एवं रुपा गापाका अध्यक्ष नवराज ओझाले उद्घाटन गरेका थिए ।


त्यस अवसरमा तिर्लोचन भुजेल (कांग्रेस वडा सदस्य ), सुदीप विक, सौगत विक, सुजन विक, सन्देश विक, कृष्ण विक, दिनेश विक, राजीप विक, विक्रम विक, संगम विक र वडा नम्बर ६ बाट मनिता श्रेष्ठ वनिता गुरुङ, ईन्दु जोशी, ईन्दु जोशी, रञ्जना गुरुङ, सीता गुरुङ, पूर्णिमा जोशी, सुशीला जोशी, सुष्मा गुरुङ, विन्दु विक, लगायत २५ जनाले नेपाली कांग्रेस तथा माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

उक्त अवसरमा नेकपा एमाले कास्कीका जिल्ला सदस्य एवं गापा उपाध्यक्ष लालसुब्बा गुरुङ, पुष्प सुवेदी, सरिता कुमाल, राजन सुवेदीले मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता कमिटीका अध्यक्ष नीलकण्ठ रेग्मी र सञ्चालन बलबहादुर श्रेष्ठले गरेका थिए । अहिलेसम्म आफ्नो गाउँपालिकामा अरु पार्टीबाट ३ सय जनाभन्दा बढी प्रवेश गरिसकेको ओझाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया