रामदी एकहातेमा एमालेको टोल कमिटी

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा २१ को रामदी–एकहाते टोल भेलाले मित्रबन्धु पौडेल अध्यक्ष रहेको टोल कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष सन्ध्या सुनार, सचिव सन्तोष पौडेल, उपसचिवद्वय कमला सुनार र साजन सुनार छन् । निर्वाचित कमिटीको ५ सदस्यीय सल्लाहकारमा समनबहादुर गुरुङ, कमलबहादुर रेग्मी, बोधराज बराल छन् ।
पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुलाई नेकपा एमाले पोखरा २१ का अध्यक्ष राजेन्द्र थापाले अनुशासन र गोपनीयताको सपथ खुवाए ।
भेलामा सभापतित्व वडा सचिवालय सदस्य भक्त गुरुङ, स्वागत उपाध्यक्ष खगराज न्यौपाने र सञ्चालन सचिव रोशन भट्टराईले गरेका थिए । टोल कमिटी भेलालाई नेकपा एमाले प्रदेश संगठन कमिटीका सदस्य चन्द्रबहादुर रोकाहा, एमाले जिल्ला कमिटी सदस्य झपट रानाभाट, महानगर कमिटी सदस्य कृष्ण थापा मगर, निर्वाचित जनप्रतिनिधि एवं एमाले युवा नेता रामबहादुर गुरुङ, सामाजिक अभियन्ता एवं एमाले युवा नेता दीपक सुवेदी र राजकुमार गुरुङ, टोल विकास संस्थाका अध्यक्ष कृष्ण देवकोटा, समनबहादुर गुरुङ, शर्मिला हमाल, कुलदीप आचार्य, कोपिला क्षेत्री, सावित्री लामिछाने, युवराज गुरुङ, प्रेम गुरुङ लगायतले सम्बोधन गरे ।







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया