नेकपा एमाले मुस्ताङको सातौ जिल्ला अधिवेशन आज

जोमसोम—
नेकपा (एमाले) जिल्ला कार्यसमिति मुस्ताङको सातौ जिल्ला अधिवेशन आज बुधबार हुँदैछ । यसका लागि नेकपा एमाले समर्थित नेता तथा कार्यकर्ताहरु मुस्ताङको जोमसोममा एकत्रित भएका छन् ।
देशभर एमालेको जिल्ला अधिवेशन सम्पन्न भईसकेको र मुस्ताङमा हिउँदयामको मौसमका कारण जिल्ला अधिवेशन हुँन सकेको थिएन । अहिले अधिवेशनको सबै तयारी पूरा भईसकेको छ भने नेता तथा कार्यकर्ताहरु पदाधिकारी चयन तथा आन्तरिक छलफलमा ब्यस्त रहेको एमाले मुस्ताङका कार्यवाहक अध्यक्ष आशबहादुर थकालीले जानकारी दिए ।
एमाले मुस्ताङको अधिवेशन उद्घाटन आज बिहान ११ बजे हुने भनीएपनि आन्तरिक छलफलका कारण अझै अधिवेशन सुरु भएको छैन । अधिवेशनका लागि उपल्लो मुस्ताङ देखि तल्लो मुस्ताङ सम्मका एमाले समर्थित नेता कार्यकर्ताहरु जोमसोममा ओईरिएका छन् ।यस अघि पूर्व घोषित एमाले अधिवेशनको उद्घाटनका लागि तय भएको एमाले उपसचिव पृथ्वीय सुब्बा गुरुङ आउने कार्यक्रम समेत मौसम प्रतिकुलताका कारण रोकिएको जनाईएको छ ।
एमाले मुस्ताङले आजै उद्घाटन सत्र र बन्द सत्र सकेर आगामी ३ वर्षका लागि नयाँ पदाधिकारी चयन गर्ने कार्यक्रम छ ।अधिवेशनमा संघीय सांसद प्रेमप्रसाद तुलाचन,प्रदेश सांसदहरु ईन्द्रधारा बिष्ट,महेन्द्रबहादुर थकाली,चन्द्रमोहन गौचन,एमाले नेतृ श्रीमाया थकाली लगायतका नेताहरु अधिवेशनमा उपस्थित भईसकेका छन् ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया