राजनिति
एमाले मुस्ताङको अध्यक्षमा थकाली

जोमसोम—
नेकपा¬(एमाले)जिल्ला कार्यसमिति मुस्ताङको अध्यक्षमा घरपझोङ—३ स्याङका आशबहादुर थकाली चयन भएका छन् । एमाले मुस्ताङका बिहिबार सम्पन्न सातौ जिल्ला अधिवेशनले थकालीलाई सर्वसम्वत एमाले मुस्ताङको अध्यक्ष पदमा निर्वाचित गरेको हो ।उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
यस्तै, एमाले मुस्ताङ अधिवेशनले अध्यक्ष थकालीको नेतृत्वमा नब्बे सदस्यीय जिल्ला कार्यसमिति सदस्य सर्वसम्वत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा रमेश गुरुङ,सचिवमा बिनोद बिसी,सहसचिवमा छिरिङ ल्हामो गुरुङ र सहसचिवमा छेवाङ गुरुङलाई पदाधिकारी पदमा निर्वाचित गरेको एमाले मुस्ताङले जनाएको छ ।
यसअघि एमाले मुस्ताङको सातौ जिल्ला अधिवेशनको संविधान सभा सदस्य एवं एमाले नेतृ श्रीमाया थकालीले उद्घाटन गरिन् । अधिवेशनलाई मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचन ,एमाले केन्द्रिय सदस्य चन्द्रमोहन गौचन,प्रदेश सांसद महेन्द्रबहादुर थकाली र ईन्द्रधारा बिष्ट ,एमाले जिल्ला नेता एवं लोधकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट (राजु ) र शर्मिला गुरुङ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
एमाले मुस्ताङको सातौ अधिवेशनमा सहभागी हुन उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका एमाले नेता तथा कार्यकर्ता उपस्थित भएका थिए । आजै एमाले मुस्ताङले निर्वाचित गरेको नया पदाधिकारीहरुको पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकले आसन्न स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउन प्रचार—प्रसार अभियानलाई तिब्रता दिने निर्णय गरेको जनाईएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया