पोखरा २४ मा अटेरी उम्मेदवार
समाधान संवाददाता
२०७८ चैत २० गते १९:०९

पोखरा ।
पोखरा २४ वडा सदस्य पदका लागि अटेरी उम्मेदवारी घोषणा भएको छ । वडा सदस्य पदका लागि मोहन सुवेदीले अटेरी उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पोखराका गनेस पौडेलले महानगर प्रमुखको रुपमा उम्मेदवारी दिने घोषणा गरेर सुरुआत भएको यो अभियान हाल देशव्यापी बनेको छ । अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार पोखरा महानगरबाट मात्रै महानगर प्रमुख सहित १६ जनाको अटेरी उम्मेदवारी घोषणा भई सकेको छ ।
देशव्यापी बनेको यो अभियान अहिले चुनाव लक्षित कार्यक्रममा जुटेको छ । अभियान संयोजक हरि कार्कीका अनुसार आउँदो २६ गते अभियानले पोखरा लक्षित कार्ययोजना सार्वजनिक गर्ने कार्यक्रमको पनि आयोजना गर्दै छ ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया