गण्डकीका मन्त्री मनाङेले मन्त्रालयका अधिकृत कुटे

समाधान संवाददाता २०७८ चैत २३ गते १६:२६

पोखरा ।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफ्नै मन्त्रालयका कर्मचारी कुटेका गरेका छन् । अधिकृत प्रकाश ओझालाई मंगलबार मन्त्री गुरुङले कुटपिट गरेका हुन् ।
युवाहरुलाई अनुदान दिने सम्बन्धी एउटा कार्यक्रमको मापदण्डका विषयमा आपत्तिसहित ओझालाई मन्त्रीले कुटेका थिए । सरकारको अनुदान लिन चाहने फर्ममा कम्तीमा ५० प्रतिशत युवा हुनुपर्ने प्रावधानमा मन्त्रीको आपत्ति रहेको मन्त्रालयका कर्मचारी बताउँछन् ।

Advertisement

‘मलाई थाहै नदिई जे पायो त्यही लेख्ने भन्दै हातै हाल्नुभयो,’ ती कर्मचारीले भने । मापदण्ड भने मन्त्री गुरुङ स्वयंले सदर गरेका हुन् । मापदण्ड मन्त्रीले नै सदर गर्ने चलन हुन्छ ।

मन्त्रीले अपशब्दसमेत बोलेर कुटपिट गरेको जानकारी कर्मचारीहरुले मन्त्रालयका सचिव, आन्तरिक मामिला मन्त्रालयका सचिव र प्रमुख सचिवसम्मलाई गराएका छन् ।

उक्त घटनापछि पीडित ओझा अस्पताल गएका छन् । मन्त्रालय जान सकेका छैनन् ।

Advertisement


तपाईको प्रतिक्रिया