मुस्ताङमा ‘इजिआरपी’ समीक्षा

सुन्दरकुमार थकाली
मुस्ताङ
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ (इजिआरपी)को मुस्ताङमा समीक्षा भएको छ । इजिआरपी समितिका पदाधिकारीबीच शनिबार जोमसोममा अन्तरक्रियात्मक समीक्षा भएको हो । बालबालिकाको सहज पढाइ सीप विकासमा इजिआरपी र पाइलाको समन्वयकारी भूमिका र प्रभावकारिताबारे छलफल भएको हो ।
कार्यक्रममा इजिआरपीका क्षेत्रीय प्रबन्धक शशी शाहले प्रारम्भिक कक्षा पढाइ कार्यक्रम नेपाल सरकारको नियमित कार्यक्रम भएको जानकारी दिए । कक्षा १ देखि ३ सम्म पढ्ने बालबालिकाको नेपाली भाषा तथा मातृभाषाको विकास तथा प्रवद्र्धनका लागि इजिआरपी लागु भएको उल्लेख गरे । उनका अनुसार सरकारले अब तराईका जिल्लामा मातृभाषा शिक्षा लागु गर्ने तयारी गरेको बताए । उनले इजिआरपी कार्यक्रमले बालबालिकाको मनोवैज्ञानिक क्षमताको विकास गर्दै पढाइ सीप विकासमा योगदान पुग्ने दाबी गरे ।
मुस्ताङमा सरकारको इजिआरपी कार्यक्रमलाई अमेरिकी सहयोग नियोग अन्तर्गत पाइला नेपाल संस्थाले प्राविधिक सहयोग गरेको छ । पाइला नेपालकी जिल्ला कार्यक्रम निर्देशक प्रजु गुरुङले इजिआरपी कार्यक्रमलाई प्रभावकारी तुल्याउन पाइला नेपालले प्राविधिक सहयोगको जिम्मा लिएको बताइन् । उनले विद्यालयको शिक्षक सिकाइ तालिम र सन्दर्भ सामग्री पढाइको क्षमता विकासका लागि प्रत्येक विद्यालयका २ जना नेपाली शिक्षकलाई प्रशिक्षण दिएको सुनाइन् ।
मुस्ताङमा बालबालिकाको पढाइ सीप विकासका लागि अभिभावकलाई थप जागरुक बनाउन संस्थाले काम गरेको उनको भनाइ छ । ‘विद्यालय व्यवस्थापन अनुगमन समितिको छनोटमा नपरेका ३६ विद्यालयलाई पाइला नेपालले सहयोग गरेको छ,’ उनले भनिन् । उनका अनुसार मुस्ताङमा घुम्ती अभिभावकका बालबालिका पढ्ने गरेकाले इजिआरपी सञ्चालनमा चुनौती थपिएको उल्लेख गरिन् ।
एसएमसी ग्राण्डकी तृप्ति चौधरीले प्रारम्भिक कक्षा पढाइ, एसएमसी अनुगमनका लागि मुस्ताङका १८ विद्यालयले २ लाखका दरले अनुदान प्राप्त गरेको बताइन् । उनका अनुसार समुदायमा आधारित अनुदान रकम दौतरी शिक्षा तालिम, कक्षाकोठा छापायुक्त बनाउने, अभिभावक सम्मिलित बालबालिकाको पढाइका विषयमा अन्तरक्रिया गर्ने, अभिभावक र शिक्षकबीच पढाइ सीप विकासको क्षमता अभिवृद्धि गर्ने र घुम्ती पढाइ कुनाको ज्ञान दिलाउने आदि खर्च विनियोजन गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मतिलाल चपाईँ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम मार्फत अभिभावक र बालबालिकाको शैक्षिक मनोविज्ञानमा परिवर्तन आएको बताए । उनले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम मुस्ताङ र मनाङ लगायत देशका ६ जिल्लामा सुरु भएको जानकारी दिए । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका विद्यालय निरीक्षक टंकराज बरालले इजिआरपी कार्यक्रमलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मतिलाल चपाईँको अध्यक्षतामा भएको समीक्षात्मक अन्तक्रियाको सञ्चालन इजिआरपी मुस्ताङका प्रमुख बुद्धिबल थापा मगरले गरेका थिए ।
मुस्ताङमा इजिआरीप कार्यक्रम सन् २०१४ देखि सुरु भएको हो । यसको प्राविधिक सहयोग गर्न १ वर्षअघि यूएसआइडीको सहयोगमा पाइला नेपालले समन्वय गर्दै आइरहेको छ । नेपाल सरकार विद्यालय क्षेत्र सुधार कार्यक्रमको दस्तावेज अनुरुप इजिआरपी शिक्षा लागु भएको हो ।
बालबालिको पढाइ सीपलाई गति प्रदान गर्न कार्यक्रम अन्तर्गत सिविएग्रा अर्थात अभिभावकसँंगैको पढाइ सञ्चालन हुने गरेको छ । जसका कारण आफ्ना बालबालिका शैक्षिक क्षमताको पहिचान गर्न सहज हुने जनाइएको छ ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया