स्वास्थ्य
उपल्लो मुस्ताङको चराङमा निःशुल्क आँखा शिविर

जोमसोम
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ चराङ स्थित स्वास्थ्यकेन्द्रमा आँखा शिविर सम्पन्न भएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको पहलमा तिलगंगा आँखा प्रतिष्ठान केन्द्र काठमान्डौंले त्यहाँ एकदिने आँखा शिविर सञ्चालन गरेको हो ।
चराङमा भएको आँखा शिविरलाई चराङ ग्रामिण आँखा केन्द्र र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जोमसोमले सहयोग र समन्वय गरे ।तिलगंगा आँखा प्रतिष्ठान केन्द्रको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा गाउँपालिका भित्रका ५१ जनाले आँखा परीक्षण गराएका छन् भने जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रले संञ्चालन गरेको आयुर्वेद उपचारतर्फ ५६ जनाले स्वास्थ्य लाभ लिएको वडाध्यक्ष टै ढिन्डुक ठकुरीले जानकारी दिए ।
चराङमा सम्पन्न भएको आँखा शिविरमा आउने बिरामीलाई तिलगंगा आँखा प्रतिष्ठान केन्द्र काठमान्डौंबाट खटिएका नेत्र चिकित्सक डा. मोहनकृष्ण श्रेष्ठ र जिल्ला साामुदायिक आँखा उपचार केन्द्रकी ईञ्चार्ज एवं वरिष्ठ नेत्र सहायक रुमिला नेपाली लगायतले आँखा जाँच गरेका थिए ।यस्तै,जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रका डा. रामकृष्ण भुजेलले आयुर्वेदिक उपचारको स्वास्थ्य परीक्षण गरे ।
यसअघि जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले एक समारोहबीच आँखा शिविरको उद्घाटन गरेकी थिईन् । उनले यसप्रकारको शिविरले दुर्गम भेकका जनतालाई राहत पुगेको बताईन् ।गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले स्थानीय सरकार जनताको सेवामा नजिक रहेकाले पालिकाले आँखा शिविर राख्न पहल गरेको बताए ।उनले हिमालदेखि सुगमका अस्पतालमा उपचार गर्न जाँदा खर्चिलो र झन्झटिलो हुने भएकाले घरदैलोमै शिविर आयोजना भएको र यसमा सहयोग पू¥याउने स्वास्थ्य संस्थालाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा वडाध्यक्ष टै ढिन्डुक ठकुरीले आँखा शिविरमा सहयोग पू¥याउने संस्थालाई आभार व्यक्त गर्दै आउँदा दिनमा यस्तै सहयोग हुने अपेक्षा गरे ।
शिविरमा स्थानीय समाजसेवी,मखिया,जनप्रतिनिधि,शिक्षक,कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया