माछापुच्छ्रेको नयाँ बैंकिङ एप सञ्चालनमा
काठमाडौं l
माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्ट सञ्चालनमा ल्याएको छ। यसअघि माछापुच्छ्रे मोबाइल मोबाइल मनी (एमथ्री) को रुपमा सञ्चालनमा रहेको मोबाइल बैंकिङ एपलाई बैंकले ओएमएनआई च्यानलमा परिस्कृत गरी एमबीएल एम–स्मार्टको रुपमा सुरु गरेको जनाएको छ ।
विभिन्न नयाँ सुविधासहित सुरु भएको एमबिएल एम–स्मार्ट एपमा आफैंले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न सकिने मोबाइलबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाट नै लोन लिन सकिने बैंकले जनाएको छ ।
ग्राहकहरुले क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ती पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधा रहेको बैंकले जनाएको छ ।
बैंकले एमबिएल एम–स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नहोस् भन्ने लक्ष्यका साथ उक्त एप सञ्चालनमा ल्याएको जनाएको छ । डिजिटल कारोबारलाई अझ सहज र सरल बनाउँदै बैंकिङ सेवालाई अर्को तहमा पुर्याउने उद्देश्यसहित बैंकले मोबाइल बैंकिङ एप एमबिएल एम–स्मार्ट सञ्चालनमा ल्याएको जनाएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया