नागरिक पार्टी पोखरा ३१ मा सनम

समाधान संवाददाता २०७८ चैत ३० गते १२:२८

पोखरा l
राष्ट्रिय नागरिक पार्टी पोखरा महानगरपालिका वडा नं. ३१ को मंगलबार आयोजित भेलाले सनमराज विकको संयोजकत्वमा ९ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

Advertisement


कमिटिका सदस्यमा कमल गहतराज, निर्मल विक, सुनीलराज विक, विक्रम विक, खेम विक, अर्जुन विक, सोम विक र सुवासराज विक छन् । सल्लाहकार संयोजकमा रामचन्द्र विश्वकर्मा चयन भएका छन् ।


भेलामा पार्टीका केन्द्रीय सहमहामन्त्री सागर कार्कीले पुराना राजनीतिक दलले जन अपेक्षा अनुरुप काम गर्न नसकेका कारण राष्ट्रिय नागरिक पार्टीको स्थापना भएको बताए । उनले नेताको चित्र र चरित्र एउटै हुनुपर्नेमा जोड दिए ।

Advertisement


पार्टीका केन्द्रीय सदस्य तथा प्रेस सल्लाहकार कृष्ण रानाभाटले अबको वैकल्पिक राजनीतिक शक्ति राष्ट्रिय नागरिक पार्टी भएको दाबी गरे । कार्यक्रममा केन्द्रीय सदस्यहरु लक्ष्मण सुनार, सक्रिय सदस्यहरु महेन्द्र सुनार र छविलाल सुनार, सुनिल विक, सनमराज विक लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया