टप्समा सम्मान तथा बिदाई

पोखरा l
पोखरा–१० रामघाटमा अवस्थित टप्स इङ्लिस बोर्डिङ स्कुलले कक्षा १२ का विद्यार्थीहरुलाई सम्मान तथा बिदाई कार्यक्रम बुधबार सम्पन्न गरेको छ । लिटिल स्टेप स्कुल तथा लिङ्कन इन्टरनेसनल कलेजकी संस्थापक शेरबहादुर गुरुङको आतिथ्यतामा विद्यालय प्राङ्गणमा कक्षा ११ को आयोजनामा भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई टीका, खादासहित मायाको चिनो प्रदान गरी सम्मान तथा बिदाई गरिएको थियो ।
कक्षा ११ विज्ञान संकायकी हिरा खत्रीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा दश जोड दुई संयोजक निर्मल सोती, सह प्रचार्य चित्रकुमार गुरुङसँगै लिटिल स्टेप स्कुल तथा लिङ्कन इन्टरनेसनल कलेजकी संस्थापक प्रिन्सिपल पम्फा गुरुङले शुभकामना राखेका थिए । कक्षा ११ र १२ का विद्यार्थी र शिक्षकहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा विद्यालयका संस्थापक प्राचार्य रत्नमान गुरुङले आफ्नो लक्ष्य प्राप्तिमा सदैव लागेर अभिभावकको सपना साकार गर्न अनुशासित भएर अध्ययनमा लाग्न विद्यार्थीहरुलाई सुझाउँदै उच्च शिक्षासँगै सुखद भविष्यको शुभकामना दिए ।
विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति राखेको सो कार्यक्रममा कक्षा १२ को तर्फबाट आँगन थापामगर ले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन कक्षा ११ का विद्यार्थीहरुसँगै संस्थापक पुरस्कृत गुरुङले गरेको विद्यालयका मिडिया संयोजक गोपाल खनालले दिए । कक्षा नर्सरीदेखि १२ सम्म सञ्चालित विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा दिवा सत्रमा पढाइ हुँदै आएको छ ।








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया