आँधीखोला र मादीमा स्वास्थ्य स्वयंसेविकालाई अपांगता अभिमुखीकरण

समाधान संवाददाता २०७९ वैशाख २ गते १५:२२

पोखरा l
समुदायमा आधारित पुनस्र्थापना सेवा (सिबिआरयस) नेपालको आयोजना र आँधीखोला गाउँपालिका तथा मादी गाउँपालिकाको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि अपांगता अभिमुखीकरण तालिम हालै भएको छ ।

Advertisement


स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकाको समन्वयमा २८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि अपांगता अभिमुखीकरण तालिम भएको थियो । आँधीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीको प्रमुख आथिथ्यता, सामाजिक शाखा प्रमुख गुरुदत्त ढकाल र स्वास्थ्य शाखा प्रमुख निराजन लामिछानेको आतिथ्यता, अपांगता भएका व्यक्ति बलबहादुर क्षेत्री र सामुदायिक सहजकर्ता वबिता ढकालको सञ्चालनमा अभिमुखीकरण भएको हो ।


कास्की जिल्लाको मादी गाउँपालिकाको थुम्सीकोट प्राथमिक स्वास्थ्य चौकीमा मादी गाउँपालिकाको समन्वयमा वडा नम्बर १०, ११ र १२ का २८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि अपांगता अभिमुखीकरण तालिम भएको थियो । वडा नम्बर १२ का वडा अध्यक्ष चित्रबहादुर गुरुङको प्रमुख आतिथ्यता, वडा नंं ११ का वडा अध्यक्ष मित्रबहादुर गुरुङको विशेष आतिथ्यता, अपांगता भएका व्यक्ति सीता भारतीको अध्यक्षता र सामुदायिक सहजकर्ता अमृता पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । मादीकै मिजुरे स्वास्थ्य चौकी, वडा नम्बर ४ को कार्यालय, वडा नम्बर १, सोंधामा पनि त्यस्तै अभिमुखीकरण भएको थियो ।

तपाईको प्रतिक्रिया