एडस रोग नियन्त्रण संघको रजत वर्ष विशेष कार्यक्रम सुरु

पोखरा l
एडस रोग नियन्त्रण संघ कास्कीले स्थापनाको रजत वर्षलाई विविध कार्यक्रमका साथ सम्पन्न गर्ने भएको छ । संघले रजत वर्षको सन्दर्भमा राधाकृष्ण विद्याश्रम लामेआहालका वृद्धवृद्धालाई खाद्यान्न सहयोग गरेर अभियानको सुरुआत गरेको छ ।
संघले उपलब्ध गराएको झण्डै २५ हजार बराबरको दैनिक उपभोग्य सामग्री ग्रहण गर्दै आश्रमका अध्यक्ष प्रेम लिगलले संस्थाप्रति धन्यवाद ज्ञापन गरे । लिगलले सामाजिक संघसंस्थाको सहयोग नै आश्रमका गतिविधि सञ्चालनका मुख्यस्रोत रहेकाले समय समयमा आश्रमलाई सम्झन आग्रह गरे ।
सो अवसरमा आश्रमकातर्फबाट संघको सहयोगका लागि धन्यवाद ज्ञापनसहित सम्मानसमेत गरिएको थियो । आश्रममा आश्रित १०३ वर्षकी वृद्ध मानकुमारी श्रेष्ठलाई प्रमुख अतिथि बनाएर वृद्धवृद्धाको आशीर्वाद लिएर संस्थाको जीवन्तता यस्तै दीर्घ रहन सकोेस् भन्ने अभिप्रायले वृद्धाश्रमबाट कार्यक्रम सुरु गरेको अध्यक्ष विश्वमोहन गौचनले बताए ।
संघले वर्षभरि समय अनुकुल विविध कार्यक्रमका साथ रजत वर्षलाई पूरा गर्ने र अबको कार्यक्रम बालबालिकालाई स्टेसनरी सामग्री हस्तान्तरण गर्ने रहेको पनि संस्थाले जनाएको छ । २५ वर्षअघि स्थापित संस्थाको संस्थापक अध्यक्षका रुपमा रहेर नेतृत्व गर्दै आएका विश्वमोहन गौचनकै नेतृत्वमा उक्त संस्था चलायमान हुँदै आएको छ । एडस रोग नियन्त्रण संघले लक्ष्मी, प्रतिबद्धता लगायत टेलिचलचित्र र सचेतना गीत निर्माण गरी समुदायमा एचआइभी र एडसका बारेमा सचेतना छर्दै आएको छ ।









तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट ५ वर्षका लागि निष्काशन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया