लेक छोडेर कस्तुरी बस्तीमा

सुन्दरकुमार थकाली २०७९ वैशाख ३ गते १४:३३
उच्चलेंकबाट बस्ती भरेको कश्मिरी प्रजातीको सरक्षित वन्यजन्तु कस्तुरी । तस्विर ःसुन्दरकुमार थकाली

जोमसोम २ बैशाख
जैविक विविधतामा महत्वपूर्ण मानिएको सरक्षित वन्यजन्तु कस्तुरी उच्चलेंकबाट जोमसोमको बस्तीमा झरेको छ ।मुस्ताङमा पहिलो पटक उच्चलेंकबाट बस्तीमा झरेको यो पहिलो घटना भएको अन्नपूर्ण सरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ ।
हिमाली तथा उच्चपहाडी क्षेत्र अन्तर्गत समून्द्री सतहदेखि करिव ३५ सय मिटर भन्दा माथिको उचाईमा कस्तुरीको मुख्य बासस्थान हुने गर्छ ।तर ,बिहिबार मुस्ताङको घरपझोङ—५ कुम्ले बनक्षेत्रबाट ठिनी हुँदै कस्तुरी बस्तीमा झरेको हो ।एक्याप जोमसोमका अनुसार बस्ती झरेको उक्त कस्तुरी कश्मिरी प्रजाती रहेको बताईएको छ ।कस्तुरी दुई प्रजातीका हुन्छन् । हिमाली कस्तुरी र कश्मिरी कस्तुरी ।
बिहिबार बिहान करिव ६ बजे बस्ती छिरेको कश्मिरी प्रजातीको कस्तुरीलाई सुरुआतमा डिउटीमा खटिएका प्रहरीले देखेका थिए । जोमसोम नजिकैको बस्ती नजिक स्याउ बारीमा कुकुरले कस्तुरी लखेट्दै गरेको देखेपछि प्रहरी टोलीले कुकुरको आक्रमणबाट कस्तुरी जोगाउने प्रयास गर्दा जिल्ला प्रशासन कार्यालय मुस्ताङको चौरमा पुग्यो । त्यहाँ प्रहरीको टोलीले कस्तुरीलाई नियन्त्रणमा लिन सफल भयो ।त्यसपछि प्रहरीले एक्यापको टोलीलाई खबर ग¥यो ।प्रहरीको सूचना पाएपछि एक्याप टोली बिहान ७ बजे कस्तुरी नियन्त्रण लिएको स्थानमा पुग्यो ।

एक्यापले नियन्त्रणमा लिएको कस्तुरी कार्यालयमा राखेर शारिरीक स्वास्थ्य परिक्षणल गरेको एक्याप जोमसोमकी प्राकृतिक श्रोत संरक्षण सहायक धनु गुरुङले जानकारी दिए । उनका अनुसार कस्तुरीको शारिरीक परीक्षण गर्दा कुनै घाउ चोटपटक नलागेको र कस्तुरीको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताईन् ।
उच्चलेंकबाट खेदिएर जोमसोम बजार झरेको कस्तुरी करिव ९ केजी वजनको छ ।कस्तुरीको सामान्यतया वजन ७ केजी देखि १७ केजी सम्म हुने र बस्ती झरेको कस्तुरी अर्धवयस्क प्रकारको रहेको उनले अनुमान गरिन् ।भेटिएको कस्तुरी अन्दाजी २ वर्ष उमेरको रहेको छ ।

समून्द्री सतहको ३५ सय मिटरमा बस्ने कस्तुरी २७ सय मिटरको उचाईमा झर्नु अनौठो घटना भएको प्राकृतिक श्रोत संरक्षण सहायक गुरुङले सुनाईन् ।उनले कस्तुरीको मुख्य आहारा घाँस खाने र अहिले उच्चलेंकमा घाँस पलाईसकेकाले बस्तीमा झर्नुपर्ने कारण नभएको तर्क गरिन् । हिमचितुवाको आहारा कस्तुरी र नाउर हुने गरेको र बस्ती झरेको कस्तुरी पनि हिमचितुवाले लखेट्दै बस्ती नजिक ल्याएको र त्यसपछि त्यहाँ फेरी कुकुरले लखेटेको हुनसक्ने उनको अनुमान छ । त्यसो त कस्तुरी आफ्नो बथानमा अलग्गिएर बस्ती नजिक आएको हुनसक्छ ।
मुस्ताङका उच्चलेंकमा कश्मिरी र मनाङमा हिमाली प्रजातीको कस्तुरी पाईने गरेको एक्यापले बताएको छ । पछिल्लो समय मानव र हिमचितुवाबीचको द्धन्दले यहाका पशुपालक समस्यामा पर्ने गरेका छन् । मुस्ताङको घरपझोङ र थासाङ गापाका विभिन्न गाउँमा हिमचितुवा खोर भित्रै पसेर भेडा÷च्यांग्रा खाईदिने र क्षति पू¥याउने गरेको छ । बस्ती झरेको कस्तुरी पनि हिमचितुवाकै आक्रमणबाट जोगिन बस्ती झरेको हुनसक्ने अनुमान गरिएको छ ।

Advertisement

उच्चलेंकबाट बस्ती झरेको कस्तुरीलाई शुक्रबार करिव ३८ सय मिटरको उचाईमा अवस्थित घरपझोङ—५ को यारुझो भ्यूटावर नजिकैको कुम्ले बनक्षेत्रमा छाडिएको छ । मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्मासहित एक्याप,डिभिजन बन कार्यालय,संरक्षणक्षेत्र व्यवस्थापन समिति,घरपझोङ गाउँपालिका, राष्ट्रिय अनुसन्धान र पत्रकारसहितको संयुक्त टोलीले कस्तुरीलाई उच्चलेंकको जंगलमा छोडिएको प्राकृतिक श्रोत संरक्षण सहायक गुरुङले जानकारी दिईन् ।
अन्नपूर्ण संरक्षितक्षेत्रका सरक्षित वन्यजन्तु कस्तुरी पछिल्लो समय चोरी शिकारी गर्ने तस्करी हिमचितुवाको आक्रमणमा पर्ने गरेका घटना छन् ।भाले कस्तुरीको वीणा महङ्गो मुल्यमा बिक्री हुने हुँदा कस्तुरीको चोरी शिकारी हुने गर्छ । केही महिना अघि मुस्ताङका उच्चलेंकमा शिकारीका पाँसोमा परी करिव एक दजर्न कस्तुरी मरेका थिए ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया