जिफान नयाँ कार्यसमितिलाई बधाई तथा सम्मान

पोखरा l
मिलन डिजी इन्टरनेसनल प्रालिले सातौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ । नव वर्ष २०७९ आगमनमा अवसरमा शुभकामनासहित मिलन फाउन्डेसन नेपाल, मिलन वल्र्ड डट न्युज र मिलन ट्रस्ट सहआयोजक रहेको कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र मिलन डिजी इन्टरनेसनल प्रालिकी संरक्षक सावित्री गुरुङले उद्घाटन गरेका थिए ।
जिफानको नवनिर्वाचित अध्यक्ष गुञ्जबहादुर गुरुङ लगायतको कार्यसमितिलाई सम्मानपत्र, फेटा, भांग्रा, क्रमु, खादा लगायतबाट प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र मिलन डिजी इन्टरनेसनल प्रालिकी संरक्षक सावित्री गुरुङले सम्मान गरे । कार्यक्रममा प्रमुख अतिथि गुरुङले बधाई तथा शुभकामना व्यक्त गर्दै जिफानको नयाँ कार्यसमितिले गुरुङ चलचित्रलाई नयाँ उचाईमा पु¥याउन सक्षम हुने विश्वास व्यक्त गरे । उनले समाजसेवाका लागि हृदयदेखि नै जुटेका दुर्गा मिलन गुरुङ जस्ता असल व्यक्तित्वहरुको नेतृत्व नेपालमा आवाश्यक भएको बताए ।
सम्मानित जिफानका अध्यक्ष गुञ्जबहादुर गुरुङले मिलन डिजी इन्टरनेसनल प्रालि लगायतका संस्थाहरु र प्रबन्ध निर्देशक दुर्गा मिलन गुरुङलाई धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा गुरुङ चलचित्र क्षेत्रलाई थप उचाईमा पुर्याउन पहल गर्ने बताए ।
मिलन डिजी इन्टरनेसनल प्रालिकी संरक्षक सावित्री गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका रुद्र श्रीस मगरले स्वागत एवं कार्यक्रमको बारेमा चर्चा गरेका थिए भने कलाकार निशा गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया