एनआरएनएले दियो खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामग्री

पोखरा l
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले खेलकुद पत्रकार मञ्च गण्डकी लगायत पोखरास्थित खेलकुद संघसंस्थालाई स्वास्थ्य सामग्री (मास्क) वितरण गरेको छ । पोखरा रंगशालामा शनिबार बिहान एक कार्यक्रमबीच स्वास्थ्य सामग्री वितरण गरेको हो ।
एनआरएनए हङकङको सहयोगमा खेलकुद पत्रकार मञ्च, गण्डकीलाई ३ हजार पिस, अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीलाई १५ हजार पिस, पश्चिमाञ्चल भलिबल संघलाई ३ हजार, बगर भाइखलकलाई ६ हजार पिस र भूतपूर्व खेलाडी संघ, पोखरालाई ५ हजार पिस मास्क वितरण गरेको हो ।
एनआरएनए अध्यक्ष रबिना थापा, महिला सचिव राधिका गुरुङ (टीका) र सहकोषाध्यक्ष अमृता थापाले खेलकुद संघसंस्थाका पदाधिकारी तथा सदस्यहरुलाई मास्क प्रदान गरेकी हुन् । एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष राधिका (टीका) गुरुङले कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)ले असहज परिस्थितिमा नेपालीहरुलाई सहयोग गर्दै आएको बताइन् ।
कोभिडको संक्रमणकालमा नेपाल विदामा बसेका नेपालीलाई विमान चार्टर गरेर भएपनि हङकङ पठाउन सफल भएको गुरुङको भनाइ थियो ।
एनआरएनएकै प्रयासमा नेपालका ४५ भन्दा बढी जिल्लाका अस्पतालहरुमा १३० वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको उल्लेख गरिन् । १७ लाख १९ हजार मास्क वितरण गरेको गुरुङको भनाइ थियो । एनआरएनए अध्यक्ष रबिना थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।








जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया