जिल्ला प्रहरी कार्यालय कास्कीका ३ इन्स्पेटरकाे सरुवा, अब को आउँछ ?

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत तीन जना प्रहरी निरिक्षक (इन्स्पेटर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एकैपटक ६ सय ७३ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो । यसमध्ये जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेटर दिपक केसी, खगेन्द्र अधिकारी र मुकेश न्यौपानेको सरुवा भएका हुन् ।
केसीको वडा प्रहरी कार्यालय नारायणगढ चितवन सरुवा भएको छ । उनलाई त्यहाँको वडा इन्चार्जको जिम्मा दिएको छ । अधिकारीको पर्वत जिल्लामा सरुवा भएको छ । अधिकारीलाई इलाका प्रहरी कार्यालय हुवासमा इलाका इन्चार्जको जिम्मेवारीमा दिएको छ ।
न्यौपानेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाे बाह्र्बिसेमा सरुवा भएको हो । न्यौपानेलाई इलाका प्रहरी कार्यालय बाह्र्बिसे इन्चार्जको रुपमा खटायको छ ।
स्थानीय तहको निर्वाचन पूर्व प्रहरी महानिरीक्षक शैलेश थापाको निर्णय अनुसार प्रहरी निरिक्षकको सरुवा गरिएको हो । सरुवा भएका इन्स्पेटरहरुलाई बैशाख महिनाको तलब भत्ता, हाल सरुवा भएको ठाउँमा पाउने गरी सरुवा भएको हो । प्रहरी प्रधान कार्यलयले अन्य जिल्लाबाट जिप्रकामा ३ जना पठाएको छ । जिप्रका सरुवा हुनेमा ज्ञान बहादुर खड्का, सरला गिरि र श्रीप्रसाद तिमिल्सिना छन् ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया