दक्षिणाले हात पारिन् मिसेस कल्चरकाे उपाधि

समाधान संवाददाता २०७५ चैत ११ गते १२:५३

समाधान संवाददाता, पोखरा

तेस्रो संस्करणको मिसेस कल्चर नेपालको उपाधि दक्षिणा गिरीले हात पारेकी छन् । कास्की पुम्दीभुम्दीकी गिरीले मस्ट कन्फिडेन्ट, मस्ट पपुलर टाइटल समेत हात पारिन् । विजेता गिरीले स्कुटर सँगै चाँदीको क्राउन पहिरेकी छन् ।

पुष्पाञ्जली फेसन एन्ड इभेन्टले गरेको कार्यक्रममा फस्ट रनरअप दुर्गा पौडेल, सकेन्ड रनर अप विष्णु तामाङ, थर्ड रनर अप कल्पना गुरुङ, फोर्थ रनर अप धना शर्मा भए । भ्युअर च्वाइस विमला सिंह थापा, अर्गनाइजर च्वाइस बिना मल्ल र मस्ट ट्यालेन्टको अवार्ड सोनु क्षेत्री गुरुङले जिते र
प्रतियोगितामा बेस्ट स्क्रिन ÷ मस्ट एक्टिभ बिना मल्ल, बेस्ट क्याटवाक सोनु क्षेत्री गुरुङ, बेस्ट फिगर कविता शेर्पा, मस्ट इन्टिलिजेन्ट कल्पना खत्री, मस्ट फोटोजेनिक कल्पना गुरुङ, बेस्ट हेयर÷बेस्ट क्रियटिभ अवाडए निर्मला शाहीले हात पारे ।

Advertisement

यसैगरी बेस्ट स्माइल विष्णु तामाङ, बेस्ट डान्स धना शर्मा, मस्ट फ्रेन्डली÷मस्ट ब्युटिफुल शान्ता थापा, मस्ट युनिक दुर्गा पौडेल, मस्ट पंचुअल÷बेस्ट पर्फमेन्स सनिला श्रेष्ठ, बेस्ट प्रसनालिटी रुवी गुरुङ, मस्ट हेल्पफुल विमला सिंह थापा, मस्ट डिसिपिलन÷बेस्ट कल्चरल ड्रेसको अवार्ड लक्ष्मी गुरुङले पाए ।

प्रतियोगिताको फाइनलमा १५ सहभागी थिए । माघमा सुरु भएको प्रतियोगितामा प्रारम्भमा विवाहित ३० युवतीले सहभागिता जनाए पनि फाइनलका लागि १५ जना छानिएका हुन् ।

Advertisement

फाइनल कार्यक्रमे उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका थिए । उनले संस्कृति संरक्षण सबैको चासोको विषय रहेको र यस्ता कर्याक्रमहरू निरन्तर हुनुपर्नेमा जोढ दिए । पुष्पाञ्जली फेसन एनड इभेन्टकी अध्यक्ष शोभा गौतमले यस्ता कार्यक्रमलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने बताइन् ।

पोखरा क्षेत्रमा क्रियाशील आमासमूहलाई उक्त अवसरमा सम्मान गरिएको थियो । जसमध्ये लालीगुराँस आमा समूह, धर्मस्थली आमा समूह, नमुना आमा समूह, महिला विकासका लागि आमा समूह, महिला क्लब, एकलधारा आमा समूह, ड्यामसाइड आमा समूह र धादिङ त्रिपुरा वाराही समूहलाई सम्मान गरिएको अध्यक्ष गौतमले बताइन् ।

प्रतियोगिताको निर्णायकमा लेखक तथा समालोचक रेशम गिरी, फिल्म डाइरेक्टर÷कोरियोग्राफर सावित्री खत्री, ह्याप्पी बोर्डिङ कस्कुलका प्रचार्य कविराज बराल, महिला उद्यमी संगीता पौडेल, रेडियो म्याग्दीका स्टेश्नर म्यानेजर भरत रखाल, मिडियाकर्मी कमल बराल, मिस कल्चर नेपाल २०१६ कि विजेता पवित्रा लामिछाने, मोडल अनिल अधिकारी थिए ।

तपाईको प्रतिक्रिया