मादी प्रमुखमा कांग्रेसबाट १२ जना आकांक्षी

पोखरा ।
कास्कीको मादी गाउँपालिका प्रमुखमा कांग्रेसबाट १२ जना आकांक्षीको देखिएका छन । भानु भक्त ढकाल, अर्जन गुरुङ, विर्जमान गुरुङ, ओम प्रकाश गुरुङ, देवीजंग गुरुङ, सरोज केसी, सागर गुरुङ, कृष्ण चन्द्र बराल, यमनाथ सापकोटा, लेखबहादुर गुरुङ, प्रेम तामाङ र सूर्य मोहन सापकोटाले प्रमुख पदका लागि आकांक्षी देखाउदै उम्मेदवारी दिएका हुन् ।
पालिका समितिले शनिबार भेला डाकेर आइबार आकांक्षीले उम्मेदवारी दिन आह्वान गरेको थियो । कांग्रेस मादी गाउँपालिका सभापति यमबहादुर गुरुङका अनुसार दिउँसो ३ बजेसम्म १२ जनाको आकांक्षी परेको छ ।
पालिकाले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न आकांक्षीहरुको नाम संकलन गरेको गुरुले बताए । ‘नाम संकलनका लागि पार्टीभित्र नाम दर्ता गराउन आह्वान गरेका थियौं । यसमा मादी प्रमुखमा १२ जनाको उम्मेदावारी परेको छ । पालिका उपप्रमुखमा हाल सम्म निवेदन आह्वान गरेका छैंनौंैं,’ सभापति गुरुले भने ।
गठबन्धनका साझेदार दलबिच पनि मादी प्रमुखमा कांग्रेसकै उम्मेदवार बनाउनेबारे सहमति नजिक पुगेको गुरुले जानकारी दिए । ‘प्रमुख कांग्रेसकै उम्मेदवार हुने र उपप्रमुख माओवादी केन्द्रबाट हुने भन्ने सहमति नजिक पुगेको हुँदा नै प्रमुखको उम्मेदवार बन्न आकांक्षा राखेका साथीहरुलाई भेलामा उपस्थित हुन भनेका छौं,’ गुरुङले भने ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउने सूचना प्रकाशन गरेको थियो ।








बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया