घाट चलाउन माग गर्दै आन्दोलन

पोखरा l
पोखरा महानगरपालिका र स्थानीय रामचन्द्र थापाबीचको विवादको कारण ९ महिनादेखि बन्द पोखरा २५ हेमजाको सस धाराघाट सञ्चालनको माग गर्दै सस धाराघाट संघर्ष समितिले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।
महानगरका मेयर मानबहादुर जिसीलाई आइतबार ४ बुँदे माग राख्दै ती पूरा नभए वैशाख ११ गतेखि आन्दोलन गर्ने संघर्ष समिति अध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिए । संघर्ष समितिले माग पूरा गर्न माग गर्दै महानगर कार्यापालिका कार्यालयमा धर्नासमेत दिएको छ ।
अध्यक्ष गुरुङले २०६० देखि निर्माण सामाग्री संकलन तथा निकासी गरी मसिना बगरका ७० घरधुरीका ३ सय परिवारले जीविकोपार्जन गर्दै आएको उल्लेख गरे । मागपत्रमा महानगरपालिका र बीचको विवादले घाट बन्द हुँदा त्यहाँ कार्यरत श्रमिकको रोजगारी गुमेर आश्रित परिवारलाई गुजारा चलाउन कठिनाई भएको उल्लेख छ ।
‘घाट तत्काल सञ्चालन गरी रोजगारी सिर्जना गरियोस् । २०७८ साउन, भदौमा भण्डार गरी राखेको ढुंगा गिट्टी बालुवा लगायतका निर्माण सामाग्री निकासी गर्न सहज वातावरण बनाइयोस्,’ मागपत्रमा भनिएको छ, ‘नष्ट भएको निर्माण सामाग्रीको क्षतिपूर्ति व्यवस्था गर्नुका अलवा लामो समयदेखि रोजगारी गुमेका श्रमिकलाई राहत प्याकेजको व्यवस्था होस् ।’
माग पुरा नभए वैशाख ११ गते बिहान १० देखि १२ बजेसम्म महानगरपालिकाको कार्यालयमा विरोध र धर्ना दिने समितिले जनाएको छ । वैशाख १२ गते बिहान ९ देखि २ बजेसम्म विरोध र धर्ना दिने उल्लेख गर्दै उनले १३ गतेदेखि माग पूरा नभएसम्म नगरपालिका घेराउ तथा तालाबन्दी गर्ने चेतावनी दिइएको छ ।
कार्यक्रममा नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक ) नेपाल कास्की र अखिल नेपाल निर्माण मजदुर युनियन कास्कीले एक्यबद्धता जनाएको क्युपेक नेपाल कास्की अध्यक्ष तीर्थराज मगरले जानकारी दिए । मेयर मानबहादुर जिसीले श्रमिकाका माग पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।









समानुपातिकमा २२ दलको मात्रै पूर्ण उम्मेदवारी
सम्पादकीय—नयाँ शक्तिको ध्रुवीकरण आशा कि अराजकता ?
यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया