राजनिति
लोमान्थाङ गाउँपालिकाको अध्यक्ष उम्मेदवारमा एमालेबाट टसी नर्बु छानिए

जोमसोम—
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष पदको उम्मेदवार सार्वजनिक गरेको छ । एमाले लोमान्थाङ पालिका कमिटीका अध्यक्ष निमा ढिन्डुक गुरुङको अध्यक्षता र एमाले गण्डकी प्रदेश सदस्य एवं प्रदेश सभा सदस्य ईन्द्रधारा बिष्टको उपस्थितीमा सोमबार बसेको उम्मेदवार छनौट बैठकले लोमान्थाङ—३ ठिङ्गरका यूवा टसी नर्बु गुरुङलाई सर्वसम्मत पालिका अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि लोमान्थाङ गाउपालिकाको अध्यक्ष पदमा टसी नर्बु गुरुङलाई एमाले पालिका कमिटीले उम्मेदवार बनाउने घोषणा गरेसंगै उनलाई लोमान्थाङका एमालेका नेता कार्यकर्ताहरुले खाँदा लगाएर बिजयीको शुभकामना तथा अंग्रिम बधाई दिएका छन् ।
एमाले गण्डकी प्रदेश कमिटीका सदस्य ईन्द्रधारा बिष्टले एमालेबाट पालिकाको अध्यक्ष पदका लागि सर्वसम्मत उम्मेदवार बनाएको जानकारी दिए । उनले उपाध्यक्षमा केही आंकाक्षी रहेकाले छलफल गरी उम्मेदवार तय गर्ने जनाए ।लोमान्थाङ—१ मा एमालेका पालिका कमिटी अध्यक्ष निमा ढिन्डुक गुरुङ वडाध्यक्षमा उम्मेदवार बन्ने भएका छन् । उनलाई वडा कमिटी र पालिका कमिटीले वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश कमिटी सदस्य बिष्टले जानकारी दिए । एमालेको पालिका कमिटीमा विभिन्न पार्टी परित्याग गरी करिव एक दर्जन व्यक्ति एमालेमा प्रवेश गरेको उनले बताए ।
एमालेबाट लोमान्थाङ गाउँपालिकाको उम्मेदवार चयन भएका टसी नर्बु गुरुङ ठिङ्गर युवा हुन् । उनी अहिले ३८ वर्षको भए ।उनी एमाले लोमान्थाङ—३ को वडा कमिटी अध्यक्ष पनि हुन् । लोमान्थाङको जिग्मे फाउन्डेसन अन्तर्गतको स्वास्थ्यक्षेत्रमा लामो समयदेखि कार्यरत छन् ।उनी मुख्य पेशा कृषि व्यवसायमा पनि आवद्ध छन् ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया