मादी ९ मा गठबन्धन नगर्ने काङ्ग्रेस को निर्णय

समाधान संवाददाता २०७९ वैशाख ६ गते १९:४२

नेपाली कांग्रेस, मादी गाउँपालिका वडा नं ९ कार्यसमितिले आशन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पार्टीसंग गठवन्धन नगर्ने निर्णय गरेको छ ।

गएको स्थानिय निर्वाचन मा नेपाली काङ्ग्रेस मादी ९ को सहयोगमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीका तर्फ का उम्मेदवारले वडा अध्यक्षमा अत्याधिक मतका साथ विजयी भएको तर यस अबधी मा बिजयी उम्मेदवारले सन्तोष जनक कार्य नगरी जनता को मन जित्न नसकेको हुँदा यही बैशाख ३० गते हुन गइरहेको स्थानिय निर्बाचनमा नेपाली काङ्ग्रेस मादी ९ ले वडा अध्यक्ष पदमा कुनै दल सङ्ग गठबन्धन र सम्झौता नगर्ने जानकारी गराएको छ।

Advertisement

नेपाली काङ्ग्रेस मादी ९ का सभापति प्रभात अधिकारी को नेतृत्वको टोलि ले गठवन्धन नगर्ने निर्णयबारेको जानकारी पार्टीको जिल्ला कार्यसमिति, क्षेत्रीय समिति र गाउँपालिका कार्यसमितिलाई गराएको छ ।उनले आफु हरु ले बिगत मा गठबन्धन को नाम मा अरु लाई सहयोग गरेको तर निर्बाचित जनप्रतिनिधि ले जनता को भाबना अनुसार काम गर्न नसकेको बताए ।उनले गठवन्धन गरिएमा लोकतन्त्रप्रेमी वडावासीको मन कुँडिने र कांग्रेस पार्टी नै पराजित बन्नसक्ने दावी गरे ।

Advertisement

तपाईको प्रतिक्रिया