कास्की कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी

समाधान संवाददाता २०७९ वैशाख ७ गते १२:२१

पोखरा ।
कास्की कांग्रेस पार्टी कार्यालयमा महानगर समितिले बुधबार तालाबन्दी गरेको छ । सत्ता गठबन्धनको बैठकले पोखराको मेयर एकीकृत समाजवादीको भागमा पारेको भन्दै कांग्रेस महानगर समितिले तालाबन्दी गरेको हो ।

Advertisement


सत्ता गठबन्धनको मंगलबार बसेको बैठकले एकीकृत समाजवादीलाई पोखरामा मेयर दिने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोर दत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर पोखरा समाजवादीलाई दिने निर्णय सुनाएका थिए । यसलगतै कांग्रेस महानगर समितिले सोही निर्णयको विरुद्धमा कार्यालयमा तालाबन्दी गरेको हो ।


महानगर समितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले पोखरा महानगर एकीकृत समाजवादीलाई दिने निर्णयले महानगर कमिटी उपेक्षित भएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरेको हो । ‘पोखरा महानगरको मेयर र उपमेयर पदको आकांक्षी छनोट प्रकृयामा रहेको अवस्थामा आम लोकतन्त्रका वादी शुभेच्छुक जनमानिस, वुद्धिजिवी र सम्पूर्ण कांग्रेस पहरेदार सिपाहिहरुको आत्मसम्मानमा गम्भिर चोट लागेको छ, विज्ञप्तिमा लेखेका छ, ‘हामी सत्ताको स्वार्थ भन्दा माथि उठेर जनभावना एवं आम कार्यकर्ताहरुको मनोभावनामा उच्च राख्न नेपाली कांग्रेस जिल्ला कार्य समितिको कार्यालयमा तालाबन्धी गर्ने निर्णय गरियो ।’


तालाबन्धीपछि महानगर समितिले प्रदेश र जिल्ला कार्यासमितिलाई आगमी दिनमा थप संघर्षका कार्यक्रमहरुमा आम सहमति रहने अपेक्षा गर्दै ध्यानकर्षण पत्र बुझाएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया