पोखरा १२ मा कांग्रेस जिताउन प्रचार समिति

पोखरा l
नेपाली कांग्रेस पोखरा १२ ले आसन्न स्थानिय निर्वाचनको प्रचार प्रसार समिति गठन गरेको छ । समितिको संयोजकमा नेपाली कांग्रेस कास्की क्षेत्र न एक खका सभापति कृष्ण कोइरालालाई बनाइएको छ । समितिको सदस्यहरुमा नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि डम्बरजंग गुरुङ, नेपाली कांग्रेस पोखरा १२ का निर्वतमान सभापति राधेश्याम कोइराला, पोखरा १२ का पूर्व वडा सदस्य बल बहादुर कार्की तथा नेपाल प्रेस युनियनका प्रदेश प्रतिनिधि मनोहरि पौडेल छन् ।
पार्टीले अवलम्बन गरेका नीति, कार्यक्रम र आफ्नो वडामा उठाएका राष्ट्रिय तथा स्थानीय सरोकारका विषयहरुलाई मतदाता समक्ष पु¥याउन निर्वाचन प्रचार समिति गठन गरीएको संयोजक कोइरालाले बताए । नेपाली कांग्रेस पोखरा १२ ले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा सन्तोष बास्तोलालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ ।
नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बास्तोला हाल नेपाली काग्रेस वडा इकाई समिति पोखरा १२ का सभापति समेत हुन भने उनी युवाहरु माझ लोकप्रिय नेताका रुपमा समेत परिचत रहेका छन् ।







४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया