२० युनिट रगत संकलन

पोखरा l
नेपाल निजामती कर्मचारी सगंठन जिल्ला कार्यसमिति कास्कीले बुधबार खुला रक्तदान आयोजना गर्यो । संगठनको स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा २० युनिट रगत संकलन भएको अध्यक्ष विष्णुदेवी पोखरेलले जानकारी दिइन् ।
पेशागत महासंघ नेपालका स्थायी समितिका सदस्य रामप्रसाद खनालले संगठनले स्थापना दिवसको अवसरमा बर्सेनी रक्तदान लगायतका सामाजिक कार्यक्रम गर्ने गरेको बताए । संगठन कास्की अध्यक्ष पोखरेलले संगठनले सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउन र संस्थागत सुशासनको पक्षमा काम गरेको उल्लेख गरिन् । उनले मुलुक संघीय संरचनामा गएसँगै पालिका स्तरमा कमिटी निर्माण गरेको जानकारी दिइन् ।
‘संघीयतामा सुशासन सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने नाराका साथ संगठनले सिर्जनात्मक र रचनात्मक कार्यक्रम गरेको सचिव नवीनकिरण भुसालले बताए ।








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया