अटेरीको घोषणापत्रको बिक्रीबाट ९६ हजार रुपैयाँ उठ्यो

पोखरा l
अटेरी अभियानको कार्ययोजनापत्र बिक्रीबाट ९६ हजार ७ सय ७० रुपैयाँ रकम उठेको छ । अभियानले सुरुआतदेखि नै चुनावी कार्ययोजनापत्र (घोषणापत्र)को बिक्रीबाट चुनावी खर्च जुटाउने बताउँदै आएको थियो ।
अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार कार्ययोजनापत्र बिक्री गरेर ९६ हजार ७ सय ७० रुपैयाँ उठेको जानकारी दिए । ‘चुनाव भनेको पैसै खन्याएर जित्ने हो भन्ने जुन परिपाटी बनेको छ । त्यसलाई भत्काउन, चुनावी खर्च मितव्ययी बनाउँदै । अहिलेसम्म चल्दै आएको चुनावी अभ्यास भत्काउन पनि हामीले चुनावी घोषणापत्र बिक्री गरेर चुनाव लड्ने निर्णय लिएका हौं,’ उनले भने, ‘हाम्रो लक्ष्य मन पराएर चुनावी घोषणापत्र बिक्री गरेरै यत्रो रकम उठाउन सकेका छौं ।’
अटेरीले पोखरा लक्ष्य कार्ययोजनापत्र २०७९ सार्वजनिक गरेपछि वडा वडामा पनि वडालक्ष्य सार्वजनिक गरिरहेको छ । स्थानीय तहलाई दलीय नबनाऔं भन्ने मुख्य उद्घोषसहित सुरु अभियान अहिले देशव्यापी बनेको छ ।
हालसम्म देशभर ४२ सय ८७ जनाले उम्मेद्वारी घोषणा गरिसकेका छन् । पोखरामा मेयरसहित १८ जनाले अटेरी उम्मेद्वारी घोषणा गरिसकेका छन् । अटेरीले पोखराका वडा नम्बर ३, १४, २६ का वडालक्ष्य सार्वजनिक गरिसकेको छ । कार्ययोजनापत्रको मूल्य एक प्रतिको २५ रुपैयाँ तोकिएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया