ज्येष्ठ नागरिकलाई सम्मान
समाधान संवाददाता
२०७९ वैशाख ९ गते १३:३८

पोखरा l
ज्येष्ठ नागरिक मञ्च पोखरा ८ कास्कीले बिहीबार नयाँ वर्ष २०७९को शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा ज्येष्ठ नागरिक ९८ वर्षिय सिरीमाया गुरुङलाई दोसल्ला, सम्मानपत्रसहित विशेष सम्मान गर्नुका साथ ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सचेतना गरिएको मञ्चका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ (अल्पविराम)ले जानकारी दिए । समारोहमा वरिष्ठ चिकित्सक डा कालु शर्मा सुवेदीले स्वास्थ्यसम्बन्धी प्रशिक्षण दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बराल, ज्येष्ठ नागरिक सरोकार समाज नेपालका अध्यक्ष भक्तराज श्रेष्ठ, मञ्चका सचिव शोभाकान्त न्यौपाने, त्रिभुवन शर्मा, यादवचन्द्र भुर्तेल लगायतले ज्येष्ठ नागरिकको अनुभव सुनाएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया