एनप्याब्सनको तालिम

पोखरा l
नेसनल प्याब्सन कास्कीले एक दिने एकीकृत पाठ्यक्रम सामग्री क्षमता वृद्धि तालिम आयोजना गरेको छ । नेपाल सरकारले नयाँ शैक्षिक सत्रबाट लागू हुने गरी ल्याएको एकीकृत पाठ्यक्रमका बारेमा शिक्षकलाई जानकारी दिने उद्देश्यले ७० शिक्षकलाई तालिम दिइएको एनप्याब्सान कास्की प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिए ।
तालिममा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत खिलनारायण श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रममा राष्ट्रिय परिक्षा वोर्ड गण्डकी प्रदेश प्रमुख विष्णुप्रसाद श्रेष्ठले धेरै विषयवस्तुलाई एकीकृत गरी ल्याइएको पाठ्यक्रमले शिक्षाको गुणस्तर वृद्धि गर्न सघाउने उल्लेख गरे ।
‘पाठ्यक्रम विना अगाडि बढ्ने प्रयत्न गरेका छौं भने अपेक्षालाई पूर्णता दिन सक्दैनौं,’ उनले भने, ‘शिक्षाको गुणस्तर वृद्धि गर्ने हेतुले नै एकीकृत पाठ्यक्रम सामग्री आएको हो ।’ एनप्याब्सान कास्की अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष यम खड्का, गण्डकी प्रदेश अध्यक्ष रामबहादुर मोची, हिसान गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष डा रामजी शर्मा, एनप्याब्सान कास्की द्वितीय उपाध्यक्ष केशवशरण पौडेल, सचिव मनकाजी गुरुङ लगायतले बोलेका थिए ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया