लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेल एमाले प्रवेश

समाधान संवाददाता २०७९ वैशाख ९ गते १५:३५

पोखरा ।

कास्कीको साविक लेखनाथ नगरपालिकाका प्रमुख शालिग्राम पौडेल एमाले प्रवेश गरेका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुक्रबार आयोजित एक कार्यक्रममा पौडेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

पौडेल २०५४ सालको स्थानीय निर्वाचनबाट लेखनाथ नगरपालिकाको मेयर निर्वाचित भएका थिए । उनी २०५९ सालसम्म लेखनाथको मेयर रहे । मेयर हुँदा पौडेलले लेखनाथलाई नगरको स्वरुपमा लैजान भिजनका साथ काम गरेका थिए । २०६५ सालको उपनिर्वाचनमा उनी एमालेबाट संविधान सभा सदस्यसमेत उठेका थिए । तर पछि माओवादी प्रवेश गरेका पौडेल केही वर्षयता भने राजनीतिमा खासै सक्रिय थिएनन् ।

Advertisement

पूर्वराजदूत लक्की शेर्पा पनि नेकपा एमालेमा फर्किएकी छन् । उनी लगायतलाई ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई अध्यक्ष ओलीले खादा ओढाएर स्वागत गरेका हुन् । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराए ।

Advertisement

सागर ढकाल, कोषबहादुर जिसी, शिक्षक गोविन्दप्रसाद आचार्य, वेली तामाङ, माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य धनबहादुर थापा, नेपाल मजदुर किसान पार्टी जुम्लाका पूर्वअध्यक्ष धमेन्द्र थापा र खगेन्द्र थापा पनि एमाले प्रवेश गरेका छन् ।

यस्तै रामराजाप्रसाद सिंहको पार्टीका सलबहादुर बिकसहित ३० जना,सशस्त्र प्रहरीका पूर्व एसएसपी गाहार्धन राई, सुदर्शन सिलवाल, नेपाल प्रहरीका पूर्व डीएसपी कृष्णराज सापकोटा, पूर्व शव इस्पेक्टर ऋषी मैनालीलगायत पनि एमाले प्रवेश गरेका छन् ।

स्वतन्त्र रूपमा रहेका मिना राणा र वरदान शमशेर राणालाई पनि एमालेले पार्टीमा भित्र्याएको छ ।

तपाईको प्रतिक्रिया