वडाध्यक्ष नपाएपछि नेकपा एस
समाधान संवाददाता
२०७९ वैशाख ११ गते १०:४२

दमौली l
तनहुँको घिरिङ गाउँपालिका २ का वडाध्यक्ष पूर्णबहादुर थापा पुनः वडाध्यक्षमा नै उठ्ने तयारीमा थिए । अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्ष थापाले यस पटक पनि वडाध्यक्षमा उठ्ने आकांक्षा देखाउँदै पार्टीमा नामसमेत टिपाएका थिए ।
तर पार्टीले अर्कै व्यक्तिलाई वडाध्यक्षमा उठाउने तयारी गरेसँगै थापा नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । वडाध्यक्ष थापा शनिबार नेकपा एसमा प्रवेश गरेका हुन् । उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पार्टी प्रवेश गराए । नेकपा एसले थापालाई वडाध्यक्षमा उठाउने तयारी गरेको छ ।
सम्बन्धित







भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया